काठमाडौं- नेपाली कांग्रेस नेता प्रकाशमान सिंह भारतको नयाँदिल्लीमा उपचार गरेपछि स्वदेश फर्किएका छन्।
शुक्रबार दिउँसो सिंह काठमाडौँमा अवतरण गरेका हुन्।
वीर अस्पताल विशेषज्ञ चिकित्सकले सुझाएपछि उनी करिब एक महिना अघि नयाँ दिल्ली गएका थिए।
वीरमा सिंहको समस्या पहिचान हुन सकेको थिएन।
‘भर्खरै स्वास्थ्य लाभ गरी काठमाडौं आइपुग्नु भएको छ। केही दिनको आरामपछि नियमित काममा सक्रिय हुनुहुन्छ,’ सिंहका स्वकीय सचिव युपी लामिछानेले भने।


