काठमाडौँ- रास्वपाको अनुशासन आयोगले महामन्त्री मुकुल ढकाललाई स्पष्टीकरण सोधेको छ।
पार्टीको अनुशासन भंग गरेको आरोप लगाउँदै आयोगले महामन्त्री ढकाललाई स्पष्टीकरण सोधेको हो।
शुक्रबार अपराह्न ढकाललाई स्पष्टीकरण पत्र थमाइएको छ।
महामन्त्री ढकालले देश दाैडाहा गरी तयार पारेको प्रतिवेदनका बुँदाहरु मिडियामा सार्वजनिक गरेर ढकालले अनुशासन उल्लंघन गरेको आयोगको ठहर छ।
ढकालले भने आफूलाई लामिछानेबाहेक अरुले स्पष्टीकरण सोध्न नपाउने भन्दै त्यो पत्र खोलेर नपढ्ने आफूनिकटका नेतासँग बताएका छन्।
ढकालले पत्रको जवाफ नपठाउने अडानसमेत लिएका हुन्।
३८ जिल्ला घुमेर ढकालले ३२ पाने प्रतिवेदनका तयार पारी सभापति लामिछानेलाई बुझाएको छ।
गृह मन्त्रालय पुगेर ढकालले बुझाएको प्रतिवेदनले रास्वपामा खैलाबैलाको स्थिति सिर्जना गरेको छ।


