काठमाडौँ– नक्कली भुटानी शरणार्थी प्रकरणका फरार अभियुक्त बेचन झा पक्राउ परेका छन्।
शुक्रबार राति प्रहरीले झालाई पक्राउ नेपाल भारत सीमा क्षेत्रबाट पक्राउ गरेको हो।
यही प्रकरणमा शुक्रबार नै पूर्वगृहमन्त्री बादल थापाका छोरा प्रतीक थापा पक्राउ परेका थिए। उनलाई बौद्ध क्षेत्रबाट पक्राउ गरिएको थियो।
एकजना पीडितले झालाई २ करोडको चेक दिएको खुलेको थियो।
आफू पक्राउ परेपछि टोखा नगरपालिका-६ धापासीका रामशरण केसीले झालाई २ करोडको चेक दिएको बयान दिएका थिए।
झाले भुटानी शरणार्थी सम्बन्धी मन्त्रिपरिषदबाटै निर्णय गराउने भन्दै रकम असुल गरेको दाबी छ।
भूटानी शरणार्थी प्रकरणमा फरार रहेका थापा पक्राउ, यस्तो छ ठगीमा उनको भूमिका


