काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एकीकृत समाजवादीसँग एकता गर्ने चाहना भएको बताएका छन्।
आइतबार एकीकृत समाजवादीको दशौँ महाधिवेशनको उद्घाटन कार्यक्रममा उनले यस्तो बताएका हुन्।
महाधिवेशनबाट एकताको पक्षमा निर्णय हुने आशा आफूमा रहेको उनको भनाइ थियो।
‘नेकपा एकीकृत समाजवादी र माओवादीबीचमा निर्वाचनअघि, निर्वाचनपछि र आजका मितिसम्म पनि हामी एउटै मोर्चामा बसेर सकेसम्म एउटै पार्टी बनाउने प्रयास गरिरहेका छौँ,’ उनले भने, ‘मलाई लाग्छ यो महाधिवेशनले यो विषयमा ठोस निर्णय गरोस्।’


