काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नागरिक उन्मुक्त पार्टी (नाउपा)की संसदीय दलकी नेता रञ्जिता श्रेष्ठलाई मन्त्री बनाउने तयारी गरेपछि उनको जिम्मेवारी खोसिएको छ।
प्रतिनिधिसभामा रहेका नाउपाका बहुमत सदस्यले दलको नेताबाट रञ्जिता श्रेष्ठलाई हटाएका छन्।
दलका बहुमत सांसदले पार्टी अध्यक्षसमेत रहेकी श्रेष्ठलाई हटाएर यसअघि दलको प्रमुख सचेतक रहेका गंगाराम चौधरीलाई दलको नेता बनाएका छन्।
प्रतिनिधिसभामा नागरिक उन्मुक्ति पार्टीका चार सांसद छन्। रञ्जिताबाहेकका सबै प्रतिनिधि सभाका सांसदले रञ्जिताको जिम्मेवारी खोसेका हुन्।
गंगा चौधरी, अरुण चौधरी र लालवीर चौधरीले श्रेष्ठलाई दलको नेताबाट हटाएर गंगाराम चौधरीलाई दलको नेता चयन गरेका छन्।
प्रमुख सचेतकको जिम्मेवारी लालवीर चौधरीलाई दिइएको छ। लालवीर नाउपाका संरक्षक रेशमलाल चौधरीका बुबा हुन्।
रञ्जितालाई हटाएर संसदीय दलको नेतामा गंगारामलाई जिम्मेवारी दिइएको लालवीरले बताए। सोमबार ने औपचारिक निर्णय गरी सार्वजनिक गरिने उनको भनाइ छ।



