काठमाडौँ- नेकपा एमालेका महासचिव शंकर पोखरेलले ओलीको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बन्ने बताएका छन्।
सामाजिक सञ्जालमा लेख्दै उनले राजनीतिक स्थायित्वका लागि संविधानमा आवश्यक संशोधन गर्ने गरी नेपाली कांग्रेस र नेकपा एमालेबिच नयाँ सहमति भएको बताएका छन्। महासचिव पोखरेलले मंगलबार बिहान कांग्रेस एमाले सहमति र त्यसको अन्तर्यबारे खुलाएका हुन्।
‘राजनीतिक स्थायित्वका लागि संविधानमा आवश्यक संशोधन गर्ने र तदनुरूपका कानुन समेत निर्माण गर्ने गरी केपी शर्मा ओलीको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउन नेकपा (एमाले) र नेपाली कांग्रेसका बिचमा समझदारी । यस प्रक्रियामा सहमत दलहरूलाई राष्ट्रिय सरकारमा समावेश गरिने’, पोखरेलले लेखेका छन्।
उनले संविधानको आवश्यक संशोधन र सोही अनुरूपका कानुन निर्माण गर्ने गरी केपी शर्मा ओलीको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउन गरी सहमति भएको बताएका हुन्। पोखरेलले यस प्रक्रियामा सहमत दलहरूलाई राष्ट्रिय सरकारमा समावेश गरिनेसमेत बताएका छन्।


