काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले तत्काल सरकारबाट नबाहिरिने निर्णय गरेको छ।
कांग्रेस–एमाले गठबन्धनको नयाँ सरकार गठन प्रक्रिया सुरु नभएसम्म वर्तमान सरकारमै रहने उसले निर्णय गरेको हो।
मंगलबार बिहानको पार्टी सचिवालय बैठकले यस्तो निर्णय गरेको प्रमुख सचेतक सन्तोष परियारले जनाकारी दिए।
उसले नयाँ गठबन्धनमा सहभागी नहुनेसमेत निर्णय गरेको छ।


