काठमाडौँ- नेकपा एमालेबाट सरकारमा प्रतिनिधित्व गरेका मन्त्रीहरुले राजीनामा दिएका छन् ।
मन्त्रीहरुले बालुवाटारमा पुगेर प्रधानमन्त्री पुष्पकमल दाहाललाई केही बेरअघि राजीनामा बुझाएका हुन्। राजीनामा बुझ्ने क्रममा प्रधानमन्त्री दाहालले कुनै राजनीतिक टिप्पणी गरेनन्।
प्रधानमन्त्रीले गायक फत्तेमानको एउटा गीत सम्झिएको एक मन्त्रीले बताए।
‘मैले एउटा गीत सम्झिरहेको छु, यस्तो पनि हुँदो रैछ, जिन्दगीमा कैले कैले‘ कसैलाई माया गर्नु एउटा भुल गरेँ मैले‘ मेरो योभन्दा बढी भन्नुपर्ने केही छैन।’
एमालेका मन्त्रीहरुले पनि कुनै टिप्पणी गरेनन्। उनीहरु एकछिनमै बालुवाटारबाट निस्किए।


