काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पनि प्रचण्ड नेतृत्वको सरकारबाट बाहिरिने भएको छ । रास्वपाका मन्त्रीहरुले आज राजीनामा दिने भएका छन्।
रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले आज बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर मन्त्रीहरुले राजीनामा बुझाउने जानकारी दिएका छन्।
हिजो पार्टीको बैठकका कारण राजीनामा बुझाउन नसकिएपछि आज विहान ८ बजे प्रधानमन्त्रीलाई राजीनामा बुझाउने तयारी गरेको प्रमुख सचेतक परियारले जानकारी दिए ।
बुधबार नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिनुका साथै मन्त्रीहरुले पनि सामूहिक राजीनामा बुझाएका थिए।
नेकपा एमाले नेकपा माओवादी केन्द्रसँगको सत्ता समीकरण तोडेर नेपाली कांग्रेससँग गठबन्धन गरेपछि सरकार अल्पमतमा परेको छ। प्रचण्ड नेतृत्वको सरकार ढल्ने निश्चित भएपछि रास्वपाका मन्त्रीहरुले पनि सरकार छाड्न लागेका हुन्।
