काठमाडौँ- उपप्रधानमन्त्री एवम् गृहमन्त्रीसमेत रहेका रास्वपाका सभापति रवि लामिछानेविरुद्धको मुद्दामा बहस सकिएको छ।
न्यायाधीशद्वय सपना प्रधान मल्ल र शारंगा सुवेदीको इजलासमा मुद्दामाथिको बहस बिहीबार सकिएको हो।
सहकारी ठगी प्रकरणमा लामिछानेको संलग्नता देखिने गरी जाहेरीसमेत परेको तर महान्यायाधिवक्ताको कार्यालयले उनीविरुद्ध कुनै पनि मुद्दा नपरेको भन्दै पत्र दिएको थियो। उक्त पत्र झुटो रहेको दाबी गर्दै अधिवक्ता अनुपम भट्टराईले लामिछानेलाई निलम्बन गर्न माग गर्दै रिट दायर गरेका थिए।
अधिवक्ता भट्टराईले जेठ १४ गते दायर गरेको रिटमा प्रधान र सुवेदीको संयुक्त इजलासमा असार ७ गतेदेखि अन्तिम सुनुवाइ सुरु भएको थियो।
महान्यायाधिवक्ताको कार्यालयले क्लिनचिट दिएकाले त्यसलाई खारेज गरी रविलाई पदमुक्त गर्नुपर्ने निवेदकको माग छ।
उक्त मुद्दामा आजै आदेश दिने तयारी गरिएको छ।


