काठमाडौँ– राष्ट्रिय सभाले सर्वसम्मत रूपमा आगामी आर्थिक वर्षको बजेट पारित गरेको छ।
अर्थमन्त्री वर्षमान पुनले जेठ १५ गते आगामी आर्थिक वर्षका लागि संघीय संसदको संयुक्त बैठकमा पेस गरेको १८ खर्ब ६० अर्ब ३० करोड बराबरको बजेट शुक्रबार पारित भएको हो।
जसलाई प्रतिनिधि सभाले असार ११ गते बजेट पारित गरेको थियो।
सभाध्यक्ष नारायणप्रसाद दाहालले प्रतिनिधि सभाबाट पारित भएर गएको विनियोजन विधियेक निर्णयार्थ प्रस्तुत गर्दा कसैले पनि हुन्न भनेनन्।
प्रतिपक्षी बेन्चका कांग्रेससहितका सांसद मौन रहेपछि बजेट सर्वसम्मत पारित भएको हो।
नयाँ सरकार गठनका लागि कांग्रेस र एमालेले सत्ता सहकार्यको सहमति गरिसकेका छन्। यो बजेट ल्याउँदा एमाले सरकारमै थियो।


