खलङ्गा (दार्चुला)- दार्चुलामा बाढीपहिरोबाट १६ परिवार बिस्थापित भएका छन्। मार्मा गाउँपालिका–४ र ५ का ती परिवार बिस्थापित भएका हुन्।
मार्मा हुँदै मुरै गोल्फा सित्तोला जोड्ने सडकबाट खसेको पहिरोका कारण मर्मतीका केही परिवार बिस्थापित भएका प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीले जानकारी दिए। बाढी घरमा पसेपछि बिस्थापित परिवार आफन्तकहाँ आश्रय लिएर बसेका छन्।
पहिरोबाट बिस्थापित भएका ९९ जनालाई सुरक्षित स्थान लटिनाथ आधारभुत विद्यालयमा स्थानान्तरण गरिएको मार्मा गाउँपालिकाका अध्यक्ष जमनसिंह धामीले जानकारी दिए।
दार्चुलामा बिहिबार साँझदेखि निरन्तर पानी परिरहेको छ ।


