काठमाडौँ- नेकपा माओवादी र एकीकृत समाजवादी पार्टी मधेश प्रदेश सरकारबाट बाहिरिने भएको छ।
प्रदेशका विभिन्न ठाउँमा रहेका दुबै पार्टीका मन्त्रीहरु राजीनामा बुझाउन शनिबार जनकपुरधाम आउन लागेका छन्।
माओवादी र समाजवादीबाट प्रदेश सरकारकामा दुई–दुई जना मन्त्री छन्।
संघमा नेकपा एमाले र नेपाली कांग्रेसको सरकार बनाउने सहमती भएसँगै दुवै दलका मन्त्रीलाई मुख्यमन्त्री सतिश सिंहले राजीनामा दिन भनेका थिए।
मुख्यमन्त्री सतिशकुमार सिंहले आज विश्वासको मत लिँदैछन्।
बिहान ११ बजे विश्वासको मत लिन प्रदेशसभा बैठक बोलाइएको छ।
