२०८३ कार्तिक २२ गते शनिवार

मधेशका मुख्यमन्त्री सिंहले पाए विश्वासको मत, पक्षमा ६७ र विपक्षमा ३४ सांसद उभिए

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, असार २२
Satish kumar singh

जनकपुरधाम– मधेश प्रदेशका मुख्यमन्त्री सतीशकुमार सिंहले विश्वासको मत पाएका छन्।

मुख्यमन्त्री सिंहका पक्षमा ६७ सांसदले विश्वासको मत प्रदान गरे। ३४ जना सांसदले भने सिंहको विपक्षमा मतदान गरेका हुन्।

शनिबार प्रदेशसभामा १०१ जना उपस्थितिमा सिंहले विश्वासको मत माग्दै प्रस्ताव पेस गरेका थिए।

मुखमन्त्रीका पक्षमा आएको उक्त मत प्रदेश सभाका कुल १०७ सदस्यसंख्याको बहुमत (५३ भन्दा बढी) भएकाले सिंहले विश्वासको मत प्राप्त गरेको सभामुखले घोषणा गरे।

सरकार गठन भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्थाअनुसार मुख्यमन्त्री सिंहले आगामी शनिबार प्रदेशसभामा विश्वासको मत लिएका हुन्।

मधेस प्रदेशसभामा चौथो ठूलो दलका रुपमा रहेको जनमत पार्टीका सिंहको नेतृत्वमा गत जेठ २५ गते प्रदेश सरकार गठन भएको थियो।

सिंहलाई एमाले, कांग्रेस, जनमत र लोपासका सांसदले विश्वासको मत दिएका थिए।

प्रदेशसभामा नेपाल कम्युनिस्ट पार्टी (एमाले)का २५, नेपाली कांग्रेसका २२, जनमत पार्टीका १३, जनता समाजवादी पार्टीका १९, लोसपाका ९, नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का ९, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का ७ प्रदेशसभा सदस्य छन्।

साथै राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीका एक/एक जना सदस्य छन्।

विश्वासको मत लिनुअघि मुख्यमन्त्री सिंहले शनिबार नै ४ दलका ६ मन्त्रीलाई बर्खास्त गरेका थिए।

बर्खास्तमा हुनेमा माओवादीका दुई, नेकपा एसका दुई, नागरिक उन्मुक्तिका एक र नेपाल संघीय समाजवादी पार्टीका एकएक जना मन्त्री परेका थिए। त्यसअघि मुख्यमन्त्री सिंहले सबै मन्त्रीलाई राजीनामा दिन आग्रह गरेका थिए। तर राजीनामा दिन नमानेका सबै मन्त्री बर्खास्त गरिएको मुख्यमन्त्री सिंहको सचिवालयले जानकारी दिएको छ।

मधेश सरकारमा माओवादीबाट संसदीय दलका नेता भरत साह अर्थमन्त्री र युवराज भट्टराई उद्योग वाणिज्य तथा पर्यटनमन्त्री थिए। उनीहरू दुवै जना बर्खास्तीमा परे।

नेकपा एसका संसदीय दलका नेता गोविन्द न्यौपाने भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री र बेची लुंगेली ऊर्जा सिँचाइ तथा खानेपानीमन्त्री थिए। उनीहरूलाई पनि मुख्यमन्त्रीले बिदा गरिदिए।

यस्तै नागरिक उन्मुक्ति पार्टीकी एक मात्र सांसद उर्मिला चौधरी श्रम तथा रोजगारमन्त्री थिइन्। नेपाल संघीय समाजवादी पार्टीकी पनि एक्ली सांसद विमला अन्सारी गृह तथा सञ्चारमन्त्री थिइन्। उनीहरू दुवै जना बर्खास्तीमा परे।

सिंहले अब नेपाली कांग्रेस र लोसपालाई पनि सरकारमा सहभागी गराउने तयारी गरेका छन्।

प्रकाशित: २०८१ असार २२ गते शनिवार ०३:५१
प्रतिक्रिया

थप समाचार

विपद्पछिको पुनर्निर्माणका लागि ४ देखि ५ अर्ब डलर आवश्यक पर्ने देखिन्छ: अर्थमन्त्री

अर्थमन्त्री स्वर्णिम वाग्लेले भोटेकोशी–त्रिशूली क्षेत्रमा आएको विपद्पछिको उद्धार, राहत, पुनरुत्थान तथा पुनर्निर्माणका लागि सरकारले आवश्यक स्रोतसाधनको व्यवस्था गर्ने बताएका छन्। हिमालमा...

आईजीपीबाट हटाउने सरकारको निर्णयविरुद्ध दानबहादुर सर्वोच्चमा

काठमाडौँ: प्रहरी महानिरीक्षक (आईजीपी)बाट हटाउने सरकारको निर्णयविरुद्ध दानबहादुर कार्की सर्वोच्च अदालत पुगेका छन्। आईजीपीबाट हटाउने निर्णयविरुद्ध सर्वोच्चमा रिट पुगेको हो। रिट दर्ता हुन...

‘एलपी ग्यासमुक्त पालिका’ योजना कार्यान्वयन गर्न ऊर्जामन्त्रीको निर्देशन

'नवीकरणीय ऊर्जालाई अनुदानबाट उद्यम र रोजगारीसँग जोड्नुपर्छ'

को हुन् नवनियुक्त आईजीपी केसी? किन हुँदैछ ५३ साल दोहोरिएको चर्चा?

काठमाडौँ: सरकारले दानबहादुर कार्कीलाई प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा प्रधानमन्त्रीको विशेष सुरक्षा...

मनोज केसी आईजीपी नियुक्त, दानबहादुरलाई प्रधानमन्त्रीको विशेष सुरक्षामा तानियो

काठमाडौँ: सरकारले एआईजी मनोज केसीलाई प्रहरी महानिरीक्षक (आईजीपी) बढुवा गर्ने निर्णय गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको एक मन्त्रीले बताए। दानबहादुर कार्कीलाई आईजीपीबाट...
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
rameshowre
उद्योग

केटीएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।
mof_building
आर्थिक नीति

सम्पादकीय: टालाटुलीले तंग्रिन्न अर्थतन्त्र, सरकारसँग ‘म्यासिभ इन्भेस्टमेन्ट प्लान’ खै?

अर्थतन्त्रलाई गति दिन व्यवसायीमा गुमेको विश्वासको वातावरण फर्काएर ल्याउन र लगानीले ठूलो धक्का (बिग पुस) दिनुपर्ने देखिएको छ। यसका लागि सरकारले अहिले नै वृहत लगानी योजना (म्यासिभ इन्भेस्टमेन्ट...
News 1 (1).psd (31)
विचार

प्रसारण र विद्युत व्यापार: निजी क्षेत्रको अग्निपरीक्षा

आशयपत्र प्राप्त गर्ने कम्पनीहरूले प्रत्येक तीन महिनामा प्रगति विवरण पेस गर्दै आफ्नो क्षमता प्रमाणित गर्नुपर्छ। बजार खोज्ने, व्यापारिक साझेदार बनाउने, लगानी जुटाउने र आवश्यक प्राविधिक तयारी...
lokraj
व्यक्तित्व

लोक बुझिरहेका लोकराज: १ रुपैयाँको भुक्तानीदेखि अर्बौँको कारोबारसम्म

म आफ्ना कर्मचारीलाई कम्पनीको सीईओलाई भन्दा बढी तलब दिने हिम्मत राख्छु। किनकि, मेरो लागि उद्यम भनेको मानिसको श्रम र योगदानको वास्तविक मूल्य चुकाउनु हो। मैले १० हजार मानिसलाई रोजगारी दिने लक्ष्य...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना