काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महामन्त्री, प्रवक्ता र केन्द्रीय समिति सदस्यबाट बर्खास्त भएका मुकल ढकालले रवि लामिछानेको क्लबले निष्कासित गरेको बताएका छन्।
आफू रास्वपाबाट नभई सभापति लामिछानेको क्लबबाट निष्काशित भएको ढकालको भनाइ छ।
उनले भनेका छन्, ‘रवि लामिछाने क्लबबाट निस्कासित भएको हुँ। राष्ट्रिय स्वतन्त्र पार्टीभित्र घण्टी बज्न रोकिँदैन।’
मंगलबार बिहान बसेको रास्वपा केन्द्रीय समितिको बैठकले ढकालका सबै जिम्मेवारी खोस्ने निर्णय गरेको थियो।
ढकालको साधारण सदस्यता मात्रै कायम राख्ने गरी कारबाही गरिएको रास्वपाका नेता मनिष झाले बताएका छन्।
आफ्ना सबै जिम्मेवारी खोसेपनि ढकालले पार्टी परित्याग भने नगर्ने संकेत गरेका छन्। ‘रविको पार्टीबाट राष्ट्रिय स्वतन्त्र पार्टी बनाउने सङ्कल्प रोकिँदैन,’ उनले भनेका छन्।


