काठमाडौँ- काठमाडौँ महानगरपालिकाले न्युरोड क्षेत्रका सडकमा गरिने दुईपांग्रे सवारी साधनको पाकिङ हटाएपछि अहिले न्युरोडका सडक र चोक पार्किङ क्षेत्रमा परिणत भएका छन्।
विशेष गरी महानगरपालिकाभित्र बसन्तपुर दरबार स्क्वायर क्षेत्रका गल्ली, संकटा मन्दिर क्षेत्र, काष्ठमण्डप वरपरका क्षेत्र, मारुहिटी क्षेत्र अहिले पार्किङस्थलमा परिणत भएका हुन्।
साँस्कृतिक नगरीको परिचय बनाउन प्रयासरत काठमाडौँ महानगरका सम्पदा मोटरबाइक र स्कुटरले छोपिएको छ।
यसरी गल्ली र चोकहरुमा पार्किङ गर्दा पैदल यात्रुलाई समस्या परेको छ।
सम्पदास्थलमा भद्रगोल पार्किङका कारण पर्यटकमा गलत सन्देश प्रवाह हुन सक्ने स्थानीयको भनाइ छ।
महानगरले सुन्धारामा पार्किङको निशुल्क व्यवस्था गरिदिए पनि टाढा पर्ने भन्दै पार्किङका लागि मोटरसाइकललाई गल्लीभित्र छिराउने प्रवृत्ति चालकमा परिवर्तन आउन जरुरी छ।





















तस्बिर : नेपाल फोटो लाईब्ररी


