२०८३ कार्तिक २२ गते शनिवार

कांग्रेसबाट को-को बन्लान् मन्त्री, यस्तो छ सम्भावित सूची

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, असार ३०
congresscc (4)
फाइल तस्बिर

काठमाडौँ-  यतिबेला देशमा नयाँ सरकार गठनका बारेमा अनेकन आँकलन हूँदै छन्। नेपाली कांग्रेस र नेकपा एमालेमिलेर बनेको नयाँ समीकरणबाट आज प्रधानमन्त्रीमा केपी शर्मा ओली नियुक्त हुनेछन्।
केपी शर्मा ओली नियुक्त भएपछि मन्त्री मण्डल विस्तार हुने नै छ। त्यही मन्त्री मण्डलमा कांग्रेसबाट क–कसलाई पठाउने भन्ने बारे छलफल चलिरहेको छ।

प्रधानमन्त्रीले यो सरकारलाई दुईतिहाइको बनाउने प्रयत्न जारी राखेका कारण कांग्रेसले पाउने भनिएका १० मन्त्रालयमा दुई र एमालेले पाउने भनिएका ९ मन्त्रालयमध्ये दुई घटाएर साना दलको भाग बढाइदिने समझदारी कांग्रेस सभापति देउवासँग गरेका छन्।

पूर्वमहामन्त्री प्रकाशमान सिंहको नेतृत्वमा देउवाले कांग्रेसलाई सरकारमा पठाउँदै छन्। त्यसबाहेक संस्थापनबाट गृहमन्त्रालयसहित रमेश लेखक जानेछन् भने सहमहामन्त्री किशोरसिंह राठौरलाई पनि सकारमा पठाउने तयारी रहेको एक नेताले जानकारी दिए। ती नेताका अनुसार त्यसबाहेक नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाकी पत्नी आरजु राणा देउवा पनि सरकारमा जाने छन्।

देउवाले सांसद अजय चौरासियालाई पनि मन्त्री बनाउने ती नेताको भनाइ छ। कांग्रेस सभापति देउवाले पूर्वमहामन्त्री डा. शशांक कोइरालाको कोटामा दिपक खडकालाई मन्त्री बनाउन लागेको ती नेताले जानकारी दिए। उपसभापति पूर्णबहादुर खड्काको एकमात्र सिफारिसमा संसद्को राज्यव्यवस्था तथा सुशासन समितिको सभापति समेत रहेका सांसद रामहरि खतिवडाको नाम परेको छ। त्यो सिफारिस देउवा सहमत भएमा खतिवडा मन्त्री बन्नेछन्।

उता संस्थापनइतरबाट भने सहमहामन्त्री बद्री पाण्डे र जीवन परियारमध्ये एक, हृदयराम थानी, रामनाथ अधिकारी र दिपक गिरीमध्ये एकलाई सरकारमा पठाउने गृहकार्य भएको छ। शेखर पक्षका एक नेताका अनुसार यो पक्षबाट तेजुलाल चौधरी र सरिता प्रसाईंमध्ये एकजना मन्त्री बन्नेछन्।

संस्थापनइतरका अर्का नेताका अनुसार महामन्त्री गगन थापा मन्त्री नबन्ने भनेकाले उनले शेखर समूहमा एक मन्त्री छान्ने छन्। प्रदीप पौडेललाई मन्त्री बनाउने गगनको प्रस्तावमा शेखर सहमत भइसके पनि देउवा असहमत देखिएका छन्। त्यसैले अन्तिममा त्यो कोटामा अर्जुननरसिंह केसी मन्त्री बन्न सक्ने ती नेताको बुझाइ छ।

१० मन्त्रालय पाउदा चार डा. शेखर कोइराला समूहको भागमा छुट्टाउन तयार भएका देउवा अहिले दुईमा मिलाउन शेखरसँग अनुरोध गरिरहेका छन्। तर, शेखरले मानिरहेका छैनन्।

नेपाली कांग्रेसले पाउने मन्त्रालयको पनि अहिलेसम्म टुंगो लागेको छैन। तर, दुवैतर्फ समान्य खाका भने तयार भएको ती नेताले जानकारी दिए।

प्रकाशित: २०८१ असार ३० गते आईतबार ०९:२१
प्रतिक्रिया

थप समाचार

विपद्पछिको पुनर्निर्माणका लागि ४ देखि ५ अर्ब डलर आवश्यक पर्ने देखिन्छ: अर्थमन्त्री

अर्थमन्त्री स्वर्णिम वाग्लेले भोटेकोशी–त्रिशूली क्षेत्रमा आएको विपद्पछिको उद्धार, राहत, पुनरुत्थान तथा पुनर्निर्माणका लागि सरकारले आवश्यक स्रोतसाधनको व्यवस्था गर्ने बताएका छन्। हिमालमा...

आईजीपीबाट हटाउने सरकारको निर्णयविरुद्ध दानबहादुर सर्वोच्चमा

काठमाडौँ: प्रहरी महानिरीक्षक (आईजीपी)बाट हटाउने सरकारको निर्णयविरुद्ध दानबहादुर कार्की सर्वोच्च अदालत पुगेका छन्। आईजीपीबाट हटाउने निर्णयविरुद्ध सर्वोच्चमा रिट पुगेको हो। रिट दर्ता हुन...

‘एलपी ग्यासमुक्त पालिका’ योजना कार्यान्वयन गर्न ऊर्जामन्त्रीको निर्देशन

'नवीकरणीय ऊर्जालाई अनुदानबाट उद्यम र रोजगारीसँग जोड्नुपर्छ'

को हुन् नवनियुक्त आईजीपी केसी? किन हुँदैछ ५३ साल दोहोरिएको चर्चा?

काठमाडौँ: सरकारले दानबहादुर कार्कीलाई प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा प्रधानमन्त्रीको विशेष सुरक्षा...

मनोज केसी आईजीपी नियुक्त, दानबहादुरलाई प्रधानमन्त्रीको विशेष सुरक्षामा तानियो

काठमाडौँ: सरकारले एआईजी मनोज केसीलाई प्रहरी महानिरीक्षक (आईजीपी) बढुवा गर्ने निर्णय गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको एक मन्त्रीले बताए। दानबहादुर कार्कीलाई आईजीपीबाट...
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
rameshowre
उद्योग

केटीएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।
mof_building
आर्थिक नीति

सम्पादकीय: टालाटुलीले तंग्रिन्न अर्थतन्त्र, सरकारसँग ‘म्यासिभ इन्भेस्टमेन्ट प्लान’ खै?

अर्थतन्त्रलाई गति दिन व्यवसायीमा गुमेको विश्वासको वातावरण फर्काएर ल्याउन र लगानीले ठूलो धक्का (बिग पुस) दिनुपर्ने देखिएको छ। यसका लागि सरकारले अहिले नै वृहत लगानी योजना (म्यासिभ इन्भेस्टमेन्ट...
News 1 (1).psd (31)
विचार

प्रसारण र विद्युत व्यापार: निजी क्षेत्रको अग्निपरीक्षा

आशयपत्र प्राप्त गर्ने कम्पनीहरूले प्रत्येक तीन महिनामा प्रगति विवरण पेस गर्दै आफ्नो क्षमता प्रमाणित गर्नुपर्छ। बजार खोज्ने, व्यापारिक साझेदार बनाउने, लगानी जुटाउने र आवश्यक प्राविधिक तयारी...
lokraj
व्यक्तित्व

लोक बुझिरहेका लोकराज: १ रुपैयाँको भुक्तानीदेखि अर्बौँको कारोबारसम्म

म आफ्ना कर्मचारीलाई कम्पनीको सीईओलाई भन्दा बढी तलब दिने हिम्मत राख्छु। किनकि, मेरो लागि उद्यम भनेको मानिसको श्रम र योगदानको वास्तविक मूल्य चुकाउनु हो। मैले १० हजार मानिसलाई रोजगारी दिने लक्ष्य...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना