२०८३ कार्तिक २२ गते शनिवार

असार २८ : ओलीको बहिर्गमन र पुनरागमन

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, असार ३१
KP_SHARMA_OLI (2)
फाइल तस्विर।

काठमाडौँ- प्रतिनिधिसभाको ठूलो दल कांग्रेसको समर्थन पाएका एमाले अध्यक्ष केपी शर्मा ओली चौथोपल्ट प्रधानमन्त्री नियुक्त भएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६ को उपधारा २ अनुसार ओलीलाई आइतबार साँझ प्रधानमन्त्री नियुक्त गरेका भएता पनि असार २८ गते नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको समर्थनमा उनले दाबी पेश गरेका थिए।

संयोग मान्नु पर्छ २०७८ असार २८ गते सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना गर्दै शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश दिएको थियो।

७८ को जेठ ७ गते तत्कालीन मन्त्रिपरिषदको सिफारिशमा तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेकी थिइन्। उक्त विघटन संविधान विपरीत रहेको भन्दै सर्वोच्चले संसद पुनर्स्थापना हुने फैसला सुनाएको थियो।

साबिकको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा आफूविरुद्ध घेराबन्दी भएको भन्दै उनले २०७७ पुस ५ मा प्रतिनिधिसभा विघटन गरेका थिए। उक्त कदम असंवैधानिक भन्दै सर्वोच्च अदालतले २०७७ फागुन ११ मा प्रतिनिधिसभा ब्यूँताइदिएको थियो।

तर प्रधानमन्त्री ओलीले आफ्नो निर्णय सही थियो भन्ने दाबी गर्न छाडेनन् र त्यो फैसलाको पूर्ण पाठ नआउँदै दोस्रो पटक प्रतिनिधिसभा विघटन गरेका थिए। त्यसलाई पनि सर्वोच्च अदालतले बदर गरिदिएपछि उनले २०७८ को असार २८ मा सत्ता छोड्नु परेको थियो।

२०७८ साउन २६ गते संसदमा बोल्दै ओलीले आफू पुनः जनादेशबाट प्रधानमन्त्री भएर आउने दाबी गरेका थिए। ‘हेरिराखे हुन्छ म मूलबाटो, मूल ढोकाबाटै फेरि पनि आउँछु’ओलीले भनेका थिए।

‍‘विभिन्न पार्टीको नेताहरुको महत्वाकांक्षा, अहंकार आदिको समिश्रणबाट पनि प्रधानमन्त्री भएको हैन। स्वार्थको गठजोडबाट पनि भएको होइन। त्यस्ता विभिन्न असफलताको फिक्सनबाट उछिट्टिएर मेरो भागमा प्रधानमन्त्री भएको होइन,’ उनले भने, ‘सभामुख महोदय कुनै जाली मुद्दा जितेर प्रधानमनत्री भएको थिइनँ। म परमादेशबाट हैन जनादेशबाट भएको हो। प्रधानमन्त्री पद दाइजो, जजमानीबाट प्राप्त हुने पद होइन।’

ओलीले आफू पुन म मूल ढोकाबाट र असाधारण जनमतबाटै आउने प्रधानमन्त्री हुने बताएका थिए।

एमाले अध्यक्ष ओली मुलुकको ४५ औँ प्रधानमन्त्री बन्दै गर्दा नेपाली राजनीतिमा कयौँ प्रश्न पनि उठिरहेका छन्। कतिपयले पहिलो र दोस्रो ठुलो दल मिलेर सरकार बनाउनुपर्ने अहिले के आपत् आइलाग्यो भन्नेजस्ता प्रश्न उठाएका छन्।

मुलुकको पहिलो र दोस्रो ठुलो दल मिलेर सरकार गठन गरेसँगै कांग्रेस र एमालेका नेताहरूले राजनीतिक स्थिरता र सुशासनलाई प्रमुख आधार बनाएका छन्। तर उनीहरूको भनाइमा माओवादी केन्द्र लगायतका सत्ता बाहिर पुगेका दलले विश्वास गर्न सकिरहेका छैनन्।

बरु दुई दलीय एकाधिकार बढ्ने चिन्ता माओवादीसहितका दलमा देखिन्छ, जुन स्वाभाविक पनि मानिन्छ। कांग्रेस र एमालेले भनेजस्तै राजनीतिक स्थिरता र सुशासन दिन दुई दलबिच सत्ता सहकार्य भएको हो भने यसअघि प्रचण्ड नेतृत्वको सरकारले उठाएका केही गम्भीर र ठुला प्रकृतिका भ्रष्टाचारका मुद्दामा कांग्रेस–एमाले गठबन्धन सरकारले के गर्छ ? यो आम चासोको विषय छ।

यदि दुई दलको सत्ता सहकार्य भ्रष्टाचार छोप्न, आगामी चुनाव जित्न र खर्चपानी उठाउनमै सीमित भयो भने राजनीतिको अन्तिम विकल्पमात्र होइन, मुलुकको व्यवस्था र संविधानप्रति नै गम्भीर प्रश्न उठ्ने देखिन्छ।

प्रकाशित: २०८१ असार ३१ गते सोमबार ०७:३३
प्रतिक्रिया

थप समाचार

विपद्पछिको पुनर्निर्माणका लागि ४ देखि ५ अर्ब डलर आवश्यक पर्ने देखिन्छ: अर्थमन्त्री

अर्थमन्त्री स्वर्णिम वाग्लेले भोटेकोशी–त्रिशूली क्षेत्रमा आएको विपद्पछिको उद्धार, राहत, पुनरुत्थान तथा पुनर्निर्माणका लागि सरकारले आवश्यक स्रोतसाधनको व्यवस्था गर्ने बताएका छन्। हिमालमा...

आईजीपीबाट हटाउने सरकारको निर्णयविरुद्ध दानबहादुर सर्वोच्चमा

काठमाडौँ: प्रहरी महानिरीक्षक (आईजीपी)बाट हटाउने सरकारको निर्णयविरुद्ध दानबहादुर कार्की सर्वोच्च अदालत पुगेका छन्। आईजीपीबाट हटाउने निर्णयविरुद्ध सर्वोच्चमा रिट पुगेको हो। रिट दर्ता हुन...

‘एलपी ग्यासमुक्त पालिका’ योजना कार्यान्वयन गर्न ऊर्जामन्त्रीको निर्देशन

'नवीकरणीय ऊर्जालाई अनुदानबाट उद्यम र रोजगारीसँग जोड्नुपर्छ'

को हुन् नवनियुक्त आईजीपी केसी? किन हुँदैछ ५३ साल दोहोरिएको चर्चा?

काठमाडौँ: सरकारले दानबहादुर कार्कीलाई प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा प्रधानमन्त्रीको विशेष सुरक्षा...

मनोज केसी आईजीपी नियुक्त, दानबहादुरलाई प्रधानमन्त्रीको विशेष सुरक्षामा तानियो

काठमाडौँ: सरकारले एआईजी मनोज केसीलाई प्रहरी महानिरीक्षक (आईजीपी) बढुवा गर्ने निर्णय गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको एक मन्त्रीले बताए। दानबहादुर कार्कीलाई आईजीपीबाट...
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
rameshowre
उद्योग

केटीएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।
mof_building
आर्थिक नीति

सम्पादकीय: टालाटुलीले तंग्रिन्न अर्थतन्त्र, सरकारसँग ‘म्यासिभ इन्भेस्टमेन्ट प्लान’ खै?

अर्थतन्त्रलाई गति दिन व्यवसायीमा गुमेको विश्वासको वातावरण फर्काएर ल्याउन र लगानीले ठूलो धक्का (बिग पुस) दिनुपर्ने देखिएको छ। यसका लागि सरकारले अहिले नै वृहत लगानी योजना (म्यासिभ इन्भेस्टमेन्ट...
News 1 (1).psd (31)
विचार

प्रसारण र विद्युत व्यापार: निजी क्षेत्रको अग्निपरीक्षा

आशयपत्र प्राप्त गर्ने कम्पनीहरूले प्रत्येक तीन महिनामा प्रगति विवरण पेस गर्दै आफ्नो क्षमता प्रमाणित गर्नुपर्छ। बजार खोज्ने, व्यापारिक साझेदार बनाउने, लगानी जुटाउने र आवश्यक प्राविधिक तयारी...
lokraj
व्यक्तित्व

लोक बुझिरहेका लोकराज: १ रुपैयाँको भुक्तानीदेखि अर्बौँको कारोबारसम्म

म आफ्ना कर्मचारीलाई कम्पनीको सीईओलाई भन्दा बढी तलब दिने हिम्मत राख्छु। किनकि, मेरो लागि उद्यम भनेको मानिसको श्रम र योगदानको वास्तविक मूल्य चुकाउनु हो। मैले १० हजार मानिसलाई रोजगारी दिने लक्ष्य...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना