काठमाडौँ- परराष्ट्रमन्त्री आरजु राणाले भारतसँगको सीमा समस्या समाधान गर्ने बताएकी छन्।
साेमबार मन्त्रालयमा पदभार ग्रहण गरेपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्।
परराष्ट्रमन्त्री राणाले भारतसँगको सीमा समस्या भूगोल, इतिहास र जीपीएस नक्साका आधारमा समाधान गर्ने बताइन्।
‘पहिलाभन्दा अहिले धेरै सूचना भएकाले दुई देशबीच झगडा गर्नुपर्ने अवस्था छैन,’ उनले भने।
कालापानी, लिम्पियाधुरा र लिपुलेकको विषयमा पनि दुई देशबीच छलफल गरेर निष्कर्षमा पुग्न सकिने उनको भनाइ थियो।


