जनकपुरधाम- मधेशका मुख्यमन्त्री सतीशकुमार सिंहले सरकारमा नेपाली कांग्रेसलाई सहभागी गराउका छन्।
कांग्रेसका चार जनालाई मन्त्री पदमा नियुक्त गर्ने सिंहले प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीलाई सिफारिस गरेका छन्।
उनीहरूको शपथ बिहीबार साँझ ७ बजे गर्ने तयारी छ।
कांग्रेसबाट अर्थमन्त्रीमा रौतहटका सुनिलकुमार यादव, भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्रीमा पर्साका जनार्दन क्षेत्री, उर्जा सिँचाइ तथा खानेपानी मन्त्रीमा धनुषाका शेषनारायण यादव र श्रम तथा यातायात मन्त्रीमा सर्लाहीका कौशलकिशोर राय नियुक्त भएका हुन्।
मुख्यमन्त्री सतिशकुमार सिंहले उनीहरुलाई मन्त्री नियुक्त गर्न प्रदेश प्रमुख कार्यालयमा सिफारिस गरेका थिए। प्रदेश प्रमुख कार्यालयले उनीहरुको नियुक्ति गरेको हो।
यस्तै जनमतबाट विना विभागीय मन्त्री रहेका मो.सकिल अहमदलाई उद्योग वाणिज्य तथा पर्यटन मन्त्रालयको जिम्मेबारी दिएको मुख्यमन्त्री सचिवालय स्रोतले जनाएको छ।
लोसपासँग कुरा नमिलेपछि लोसपा सरकारमा सहभागी भएन। अब मुख्यमन्त्रीसित गृह सञ्चार मन्त्रालय मात्र बाँकी छ।


