२०८३ कार्तिक २२ गते शनिवार

सूचना प्रविधि क्षेत्रमा ठूलो सम्भावना छ : वर्षमान पुन

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, साउन ३
barsaman pun

काठमाडौँ- नेकपा (माओवादी केन्द्र) का उपमहासचिव एवं पूर्वअर्थमन्त्री वर्षमान पुनले नेपालमा सूचना प्रविधि क्षेत्रमा ठूलो सम्भावना रहेको बताएका छन्।

निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) ले आज भक्तपुरको ठिमीमा आयोजना गरेको कार्यक्रममा उनले नेपालको भूपरिस्थितिका कारण अरु क्षेत्रमा भन्दा सूचना प्रविधि क्षेत्रमा विश्व बजारमा प्रतिस्पर्धी बन्न सक्ने बताए।

देश विकासको नीति बनाउँदा भूपरिस्थितिलाई ध्यान दिनुपर्नेमा जोड दिँदै उनले गत आर्थिक वर्षमा नेपालबाट रु एक खर्ब बराबरको आइटी सेवा निर्यात भएको तथा नेपाली श्रम बजारमा हरेक वर्ष १० हजार सूचना प्रविधि विषय अध्ययन गरेका विद्यार्थी थपिने अवस्था रहेको जानकारी दिए।

“हामी करिब डेढ अर्बको विशाल जनसङ्ख्या र विशाल भूगोल भएका चीन र भारतको बीचमा छौँ। यस्तोमा हामीले प्रतिस्पर्धा गर्न सक्ने क्षेत्र भनेको आइटीमा हो”, उनले भने, “आइटी क्षेत्रको सेवा विश्व बजारमा पठाउन हामीलाई न भारत न चीनको आकाश प्रयोग गर्नुपर्छ। न समुद्र प्रयोग गर्नुपर्छ।” प्रतिस्पर्धी बन्न सक्ने देखेरै आफूले नयाँ आर्थिक वर्षको बजेटमा आफूले सूचना प्रविधि क्षेत्रलाई प्रवर्द्धन गर्ने कार्यक्रम ल्याएको उल्लेख गर्दै पूर्वअर्थमन्त्री पुनले सूचना प्रविधिपछि कृषि, पर्यटन, जलविद्युत् र सिमेन्ट उद्योगले क्षेत्रीय बजारमा प्रतिस्पर्धा गर्न सक्ने बताए।

तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले १५ वर्षअघि जलविद्युत् क्षेत्रको लगानीको स्रोत नखोज्ने र १५ वर्षसम्म लगातार आयकर नलिने नीतिगत व्यवस्था गरेका कारण आज मुलुक लोडसेडिङ मुक्त भएको तथा भारत र बङ्गलादेशको क्षेत्रीय बजारमा उपस्थिति जनाउन सक्ने अवस्था आएको पूर्वअर्थमन्त्री पुनको भनाइ छ। उजले निजी क्षेत्रलाई राज्यले अर्थतन्त्रको ड्राइभिङ सिटमा राख्नेपर्ने बताए। उनले राज्यले सहजीकरण गर्ने र निजी क्षेत्रले ड्राइभिङ सिटमा राखेर मात्र मुलुकको अर्थतन्त्रमाथि जान सक्ने औँल्याए।

“सरकारमा रहँदा वा नरहँदा मेरो धारणा के हो भने ‘प्राइभेट सेक्टर’ लाई ड्राइभिङ सिटमा राखेर हामीले देशको अर्थतन्त्रलाई अगाडि बढाउनुपर्ने भन्ने धारणा रहँदै आएको छ। यसको विकल्प छैन,” पूर्वअर्थमन्त्री पुनले भने, “जति प्रतिस्पर्धी अर्थतन्त्र बनाउँछौँ। प्राभइेट सेक्टर अगाडि बढ्छ र त्यसले ड्राइभ गर्छ, राज्यले सहजीकरण गर्छ। योबाहेक कुनै पनि राजनीतिक दलले सोच्न
हुन्छ जस्तो मलाई लाग्दैन।”

फरक प्रसङ्गमा मुलुकको राजनीतिले अझै स्थायित्वको बाटो पक्रन नकेको स्वीकार गर्दै उहाँले राजनीतिक सङ्क्रमणको प्रभाव शिक्षा, स्वास्थ्य, अर्थतन्त्र, सामाजिक क्षेत्र र जनजीवनमा पर्ने गरेको बताए।

प्रकाशित: २०८१ साउन ३ गते बिहिबार ०७:३३
प्रतिक्रिया

थप समाचार

विपद्पछिको पुनर्निर्माणका लागि ४ देखि ५ अर्ब डलर आवश्यक पर्ने देखिन्छ: अर्थमन्त्री

अर्थमन्त्री स्वर्णिम वाग्लेले भोटेकोशी–त्रिशूली क्षेत्रमा आएको विपद्पछिको उद्धार, राहत, पुनरुत्थान तथा पुनर्निर्माणका लागि सरकारले आवश्यक स्रोतसाधनको व्यवस्था गर्ने बताएका छन्। हिमालमा...

आईजीपीबाट हटाउने सरकारको निर्णयविरुद्ध दानबहादुर सर्वोच्चमा

काठमाडौँ: प्रहरी महानिरीक्षक (आईजीपी)बाट हटाउने सरकारको निर्णयविरुद्ध दानबहादुर कार्की सर्वोच्च अदालत पुगेका छन्। आईजीपीबाट हटाउने निर्णयविरुद्ध सर्वोच्चमा रिट पुगेको हो। रिट दर्ता हुन...

‘एलपी ग्यासमुक्त पालिका’ योजना कार्यान्वयन गर्न ऊर्जामन्त्रीको निर्देशन

'नवीकरणीय ऊर्जालाई अनुदानबाट उद्यम र रोजगारीसँग जोड्नुपर्छ'

को हुन् नवनियुक्त आईजीपी केसी? किन हुँदैछ ५३ साल दोहोरिएको चर्चा?

काठमाडौँ: सरकारले दानबहादुर कार्कीलाई प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा प्रधानमन्त्रीको विशेष सुरक्षा...

मनोज केसी आईजीपी नियुक्त, दानबहादुरलाई प्रधानमन्त्रीको विशेष सुरक्षामा तानियो

काठमाडौँ: सरकारले एआईजी मनोज केसीलाई प्रहरी महानिरीक्षक (आईजीपी) बढुवा गर्ने निर्णय गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको एक मन्त्रीले बताए। दानबहादुर कार्कीलाई आईजीपीबाट...
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
rameshowre
उद्योग

केटीएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।
mof_building
आर्थिक नीति

सम्पादकीय: टालाटुलीले तंग्रिन्न अर्थतन्त्र, सरकारसँग ‘म्यासिभ इन्भेस्टमेन्ट प्लान’ खै?

अर्थतन्त्रलाई गति दिन व्यवसायीमा गुमेको विश्वासको वातावरण फर्काएर ल्याउन र लगानीले ठूलो धक्का (बिग पुस) दिनुपर्ने देखिएको छ। यसका लागि सरकारले अहिले नै वृहत लगानी योजना (म्यासिभ इन्भेस्टमेन्ट...
News 1 (1).psd (31)
विचार

प्रसारण र विद्युत व्यापार: निजी क्षेत्रको अग्निपरीक्षा

आशयपत्र प्राप्त गर्ने कम्पनीहरूले प्रत्येक तीन महिनामा प्रगति विवरण पेस गर्दै आफ्नो क्षमता प्रमाणित गर्नुपर्छ। बजार खोज्ने, व्यापारिक साझेदार बनाउने, लगानी जुटाउने र आवश्यक प्राविधिक तयारी...
lokraj
व्यक्तित्व

लोक बुझिरहेका लोकराज: १ रुपैयाँको भुक्तानीदेखि अर्बौँको कारोबारसम्म

म आफ्ना कर्मचारीलाई कम्पनीको सीईओलाई भन्दा बढी तलब दिने हिम्मत राख्छु। किनकि, मेरो लागि उद्यम भनेको मानिसको श्रम र योगदानको वास्तविक मूल्य चुकाउनु हो। मैले १० हजार मानिसलाई रोजगारी दिने लक्ष्य...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना