काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध आफूहरूले विगतमा उठाएका मुद्दामा मौन नबस्ने दाबी गरेका छन्।
डा. बाबुराम भट्टराईमाथि डा. मुक्ति रिजालले लेखेको ‘बाबुराम अ भिजनरी रिबेल’ पुस्तकको विमोचन कार्यक्रममा बोल्दै महामन्त्री शर्माले यस्तो बताएका हुन्।
‘ओली सरकारलाई सफल बनाउन हामीले साथ दिन्छौं। हामी उभिएर विश्वासको मत दिएका छौं, त्यसकारण तपाईबारे हामीले उठाएका सबै मुद्दा थान्को लगाउँछौं भन्ने विल्कुल होइन,’ शनिबारको कार्यक्रममा उनले भने, ‘उहाँहरुको सन्दर्भमा सरकारले गर्ने कमजोरीमा मौन बस्छौं त्यो पनि होइन।’
दुई ठूला दल मिलेर सरकार बनाएको बेलामा प्रतिपक्ष कमजोर हुन्छ कि भन्ने चिन्ता भएपनि त्यस्तो अवस्था नरहेको उनको भनाइ छ।


