काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले निराशा हटाएर तीव्र आर्थिक विकास गर्न नयाँ सरकार बनेको बताएका छन्।
प्रतिनिधि सभाको बैठकमा सांसदहरूसँग विश्वासको मतका लागि प्रस्ताव पेस गर्नुअघि उनले यस्तो बताएका हुन्।
विकास निर्माणको काम भद्रगोल रहेको बताएका उनले त्यसलाई व्यवस्थित गरिने बताएका छन्।
‘सरकारको तौरतरिकाको कारणले उद्योगी व्यवसायीहरू मरिचझैँ चाउरिएको छ। करिब ६० लाख भन्दा बढी जनता निरपेक्ष गरिबीको भुंग्रोमा पिस्सिएको छ। भ्रष्टाचारले सीमा नाघेको छ। युवाहरू विदेश पलायन भइरहेको छ,’ उनले भने।


