काठमाडौँ– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासघात गरेको आरोप लगाएका छन्।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग विगतमा ओलीले स्वर्ग गएपनि नर्क गएपनि सँगै जाने भनेर आश्वासन दिएपनि बीचबाटोबाटै छाडेर अर्कोतिर लागेको भन्दै नेपालले कटाक्ष गरेका हुन्।
‘पाँच वर्ष सँगै जाने, स्वर्ग गएपनि नर्क गएपनि सँगै जाने भन्ने सुन्दै आनन्द लाग्ने कुरा थियो। तर आफू स्वगतिर गयो, अर्कोलाई लात्ती हिर्काएर नर्कतिर पुर्यायो,’ ओलीप्रति नेपालको टिप्पणी थियो।
नेपालले ओलीप्रति गरेको टिप्पणी सुनेपछि प्रतिपक्षी बेन्चमा हासोको फोहोरा छुटेको थियो। प्रतिनिधि सभाबाट प्रसारण भएको लाइभ भिडियो खिच्ने क्यामेरा भने सत्ता पक्षतर्फ मोडिएन।
