हेटौंडा– आइतबार मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले राजिनामा दिएपछि बागमतीमा प्रदेशमा नयाँ सरकार गठन आह्वान भएको छ। प्रदेश प्रमुख यादवचन्द्र शर्माले २ दिनको समय दिएर नयाँ सरकार गठन आह्वान गरेका हुन्।
उनले साउन ८ गते बेलुका ५ बजेसम्म नेपालको संविधानको धारा १६८ (२) अनुसार मिलिजुली सरकार गठनको आह्वान गरेका हुन्।


