२०८३ कार्तिक २२ गते शनिवार

‘नयाँ सरकारले जनताको आशालाई विश्वासमा परिणत गर्नसक्छ’

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, साउन ६
parliament

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वमा वर्तमान सरकार गठन भएपछि जनतामा आशा र उत्साहको सन्देश प्रवाह भएको विभिन्न राजनीतिक दलका नेता तथा सांसदहरुले प्रतिक्रिया दिएका छन्।

प्रतिनिधिसभाबाट प्रधानमन्त्री ओलीले विश्वासको मत प्राप्त गरेपछि सञ्चारकर्मीको जिज्ञासामा उनीहरुले वर्तमान राज्यसत्तामा सरकारको राम्रो पकड भएकाले राष्ट्रियता, आर्थिक अनुशासन कायम र सुशासन प्रवर्द्धन गर्न सफल हुने विश्वास व्यक्त गरे।

एमालेका नेता योगेशकुमार भट्टराईले नेपाली कांग्रेस र नेकपा (एमाले)बीचको सहमति तथा अरु दलको सहयोग र समर्थनमा बनेको वर्तमान सरकारका अगाडि अर्थतन्त्रलाई सकरात्मक दिशा दिने, लगानीको वातावरण बनाउने र रोजगारीको अवसर बढाउने ऐतिहासिक कार्यभार र दायित्व रहेको बताए।

विदेश पलायन भएका जनशक्तिलाई देशभित्रै रहने वातावरण बनाउनेलगायतका केही मुख्य जिम्मेवारी रहेको बताउँदै उनले भने, ‘असाधारण ढङ्गले असाधारण काम गर्नका लागि हामी एक ठाउँमा आएका हौँ।’

नेता भट्टराईले देशभित्र जनतामा आत्मविश्वास बढाउने, दलकाबीचमा सहमति निर्माण गर्ने गरी संविधानको पुनरावलोकन र समिक्षा गर्दै आवश्यक परेमा संशोधन समेत गर्ने समेत दायित्व रहेको बताए।

नेकपा (एकीकृत समाजवादी) का नेता राजेन्द्रप्रसाद पाण्डेले आजको वर्तमान परिस्थितीलाई ध्यानमा राखी मुलुक र जनहितमा उठेको प्रश्न र समस्या समाधान गर्नेतर्फ नयाँ सरकारको ध्यान जान आवश्यक रहेको प्रतिक्रिया दिए।

उनले भने, ‘विश्वासको मत लिने सिलसिलामा सदनमा आफूले राखेका कुरालाई सम्बोधन गरी सबैलाई विश्वासमा लिएर अघि बढने विषयलाई ख्याल गर्नूपर्छ। भ्रष्टाचार नियन्त्रण र सुशासनमा जोड दिनुपर्छ।’

नेपाली कांग्रेसका प्रवक्ता एवं पूर्वअर्थमन्त्री डा प्रकाशशरण महतले मुलुकमा राजनीतिक अस्थिरता हटाउन साना दलको समेत सहभागितामा गठन भएका सरकारमा लोकतन्त्रप्रतिको गहिरो सम्मान र प्रतिबद्धता रहेको प्रतिक्रिया दिए।

उनले भने, ‘मुलुकमा लोकतन्त्र स्थापनाका लागि जतिपनि भएका आन्दोलनको नेतृत्व गरेको राजनीतिक परिवर्तन आन्दोलनको नेतृत्व गरेका प्रमुख दलबीचको सहकार्यले राजनीतिक स्थिरता, विकास र समृद्धिमा गुणात्मक अन्तर आउँछ।’

नयाँ सरकार गठन भएसँगै अर्थतन्त्र चलायमान हुने तथा निजी क्षेत्रको आत्मविश्वास बढ्ने सङ्केत देखिएको बताउँदै नेता महतले भने, ‘वर्तमान सरकार सफल हुन्छ। चुनौती धेरै छन्, त्यसलाई पन्छ्याउन धेरै मेहनत र समन्वयका साथ काम गर्नुपर्छ अनि जनताको आशा विश्वासमा परिणत हुन्छ।’

प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र)का नेत्री एवमं पूर्वमन्त्री रेखा शर्माले सरकारले गर्ने कामको गुण र दोषका आधारमा प्रमुख प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताए। उनले भने, ‘पश्चगमनमा जाने कुरालाई समर्थन गर्दैनौ। त्यसको डटेर मुकाबिला गर्छौ। सकारात्मक काममा रचनात्मक सहयोग गर्छौ।’

प्रकाशित: २०८१ साउन ६ गते आईतबार ०८:३९
प्रतिक्रिया

थप समाचार

विपद्पछिको पुनर्निर्माणका लागि ४ देखि ५ अर्ब डलर आवश्यक पर्ने देखिन्छ: अर्थमन्त्री

अर्थमन्त्री स्वर्णिम वाग्लेले भोटेकोशी–त्रिशूली क्षेत्रमा आएको विपद्पछिको उद्धार, राहत, पुनरुत्थान तथा पुनर्निर्माणका लागि सरकारले आवश्यक स्रोतसाधनको व्यवस्था गर्ने बताएका छन्। हिमालमा...

आईजीपीबाट हटाउने सरकारको निर्णयविरुद्ध दानबहादुर सर्वोच्चमा

काठमाडौँ: प्रहरी महानिरीक्षक (आईजीपी)बाट हटाउने सरकारको निर्णयविरुद्ध दानबहादुर कार्की सर्वोच्च अदालत पुगेका छन्। आईजीपीबाट हटाउने निर्णयविरुद्ध सर्वोच्चमा रिट पुगेको हो। रिट दर्ता हुन...

‘एलपी ग्यासमुक्त पालिका’ योजना कार्यान्वयन गर्न ऊर्जामन्त्रीको निर्देशन

'नवीकरणीय ऊर्जालाई अनुदानबाट उद्यम र रोजगारीसँग जोड्नुपर्छ'

को हुन् नवनियुक्त आईजीपी केसी? किन हुँदैछ ५३ साल दोहोरिएको चर्चा?

काठमाडौँ: सरकारले दानबहादुर कार्कीलाई प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा प्रधानमन्त्रीको विशेष सुरक्षा...

मनोज केसी आईजीपी नियुक्त, दानबहादुरलाई प्रधानमन्त्रीको विशेष सुरक्षामा तानियो

काठमाडौँ: सरकारले एआईजी मनोज केसीलाई प्रहरी महानिरीक्षक (आईजीपी) बढुवा गर्ने निर्णय गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको एक मन्त्रीले बताए। दानबहादुर कार्कीलाई आईजीपीबाट...
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
rameshowre
उद्योग

केटीएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।
mof_building
आर्थिक नीति

सम्पादकीय: टालाटुलीले तंग्रिन्न अर्थतन्त्र, सरकारसँग ‘म्यासिभ इन्भेस्टमेन्ट प्लान’ खै?

अर्थतन्त्रलाई गति दिन व्यवसायीमा गुमेको विश्वासको वातावरण फर्काएर ल्याउन र लगानीले ठूलो धक्का (बिग पुस) दिनुपर्ने देखिएको छ। यसका लागि सरकारले अहिले नै वृहत लगानी योजना (म्यासिभ इन्भेस्टमेन्ट...
News 1 (1).psd (31)
विचार

प्रसारण र विद्युत व्यापार: निजी क्षेत्रको अग्निपरीक्षा

आशयपत्र प्राप्त गर्ने कम्पनीहरूले प्रत्येक तीन महिनामा प्रगति विवरण पेस गर्दै आफ्नो क्षमता प्रमाणित गर्नुपर्छ। बजार खोज्ने, व्यापारिक साझेदार बनाउने, लगानी जुटाउने र आवश्यक प्राविधिक तयारी...
lokraj
व्यक्तित्व

लोक बुझिरहेका लोकराज: १ रुपैयाँको भुक्तानीदेखि अर्बौँको कारोबारसम्म

म आफ्ना कर्मचारीलाई कम्पनीको सीईओलाई भन्दा बढी तलब दिने हिम्मत राख्छु। किनकि, मेरो लागि उद्यम भनेको मानिसको श्रम र योगदानको वास्तविक मूल्य चुकाउनु हो। मैले १० हजार मानिसलाई रोजगारी दिने लक्ष्य...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना