काठमाडौँ- लुम्बिनी प्रदेशका नव नियुक्त मुख्यमन्त्री चेतनारायण आचार्यले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्दैछन्। उनीसहित एमाले कांग्रेसका १० मन्त्रीहरुको शपथ ग्रहण पनि आजै हुने भएको छ।
लुम्बिनीमा एमालेले मुख्यमन्त्रीसहित ५ र कांग्रेसले ५ मन्त्रालय लिने सहमति यसअघि गरेका छन्। सोमबार मुख्यमन्त्रीको नियुक्ति भएपनि दुवै दलबाट मन्त्री हुने आकांक्षी बढी भएकाले बुधबारलाई शपथको समय सारिएको हो। मंगलबार राती मात्रै दुवै दलले मन्त्रीको नाम टुंगो लगाएका हुन्।
लुम्बिनीमा एमाले कांग्रेसका ५६ सांसदको हस्ताक्षरमा सोमबार एमालेका चेतनारायण आचार्य मुख्यमन्त्री बनेका थिए। यहाँ रहेका लोसपा, नाउपा, जनमत, जसपा, जसपा नेपालले सरकारलाई समर्थन गर्ने जनाएपनि अहिलेसम्म कतै सहभागी छैनन् तर उनीहरुका लागि २ मन्त्रालय खाली राखिएको छ।


