काठमाडौँ- लुम्बिनीका मुख्यमन्त्री चेतनारायण आचार्यले सपथ लिएका छन्। उनले बुधबार प्रदेश प्रमुखको कार्यालय बुटवलमा सपथ लिएका हुन्।
एमाले संसदीय दलको उपनेता आचार्य सोमबार नै मुख्यमन्त्रीमा नियुक्त भएका थिए।
मुख्यमन्त्री आचार्यको सपथ ग्रहण कार्यक्रममा एमाले संसदीय दलका नेता लिला गिरी उपस्थित भएनन्।
दलको नेतालाई रोकेर उपनेता मुख्यमन्त्री बनेपछि उनी रुष्ट बनेका छन्।
तर, एमाले सांसदले भने गिरी अस्वस्थ भएका कारण सपथ ग्रहण कार्यक्रममा जान नसकेको दाबी गरे।
एमालेका २९ र कांग्रेसका २७ गरी ५६ सांसदको हस्ताक्षरमा एमालेका चेतनारायण आचार्य मुख्यमन्त्री बनेका थिए। यहाँ रहेका लोसपा, नाउपा, जनमत, जसपा, जसपा नेपालले सरकारलाई समर्थन गर्ने जनाएका छन्।


