काठमाडौँ- लुम्बिनीका मुख्यमन्त्री चेतनारायण आचार्यले सपथ लिएका छन्। उनले बुधबार प्रदेश प्रमुखको कार्यालय बुटवलमा सपथ लिएका हुन्।
मुख्यमन्त्री चेतनारायण आचार्य मन्त्रिमण्डल विस्तार गरेका छन्। उनले कांग्रेस र एमालेका गरी ८ जना सांसदलाई विना विभागीय मन्त्री बनाएका हुन्।
आज बिहान पद तथा गोपनीयताको शपथ लिएकासँगै मुख्यमन्त्री आचार्यले मन्त्रिमण्डल विस्तार गरेका हुन्। नयाँ मन्त्रीहरूमा भूमिश्वर ढकाल, दिनेश पन्थी, बादशाह कुर्मी, सरोज थापा, प्रचण्ड विक्रम न्यौपाने, खेमबहादुर सारु, सिता शर्मा रहेका छन्।
मन्त्रालय भागबन्डामा सहमति नजुटेकोले उनीहरूको मन्त्रालय भने तोकिएको छै । हाललाई ११ वटै मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्रीलाई नै तोकिएको छ।


