काठमाडौँ- नेकपा एमालेले पदाधिकारी र केन्द्रीय सदस्यहरुको जिम्मेवारी हेरफेर गरेको छ।
बिहीबार बसेको सचिवालय बैठकले प्रदेश इन्चार्जहरु समेत हेरफेर गरेको हो। सचिवद्धय पद्मा अर्याल र लेखराज भट्ट बाहेक अरु प्रदेश इन्चार्ज फेरिएका छन् अर्याल लुम्बिनी र भट्ट सुदूरपश्चिम प्रदेश इन्चार्ज रहेका छन्।
कोशीको इन्चार्जमा शेरधन राई, मधेशमा लीलानाथ श्रेष्ठ, बागमतीमा राजन भट्टराई र कर्णालीमा गोरखबहादुर बोगटी प्रदेश इन्चार्ज तोकिएको छ।
यसअघि कोशीमा रघुवीर महासेठ, मधेशमा योगेश भट्टराई, बागमतीमा गुरुप्रसाद बराल र गण्डकीमा गोकर्ण विष्ट इन्चार्ज थिए। बराल बढुवा भएर उपाध्यक्ष मनोनित भएकाले इन्चार्जको जिम्मेवारीबाट हटे।
यस्तै मधेशको इन्चार्जमा दाबी गरेका सचिव रघुवीर महासेठलाई अन्तराष्ट्रिय विभाग प्रमुखको जिम्मेवारी दिइएको छ। यसअघि यो विभागको प्रमुख रहेका राजन भट्टराईलाई भने बागमतीमा इन्चार्ज बनाइएको छ।
हेर्नुहोस् एमालेका नेताहरूको जिम्मेवारी

























