२०८३ कार्तिक २२ गते शनिवार

नेकपा एसले छान्न सकेन केन्द्रीय सदस्य, २०६ पद रिक्त

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, साउन १८
madhav_ghanashyam

काठमाडौँ- नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) को केन्द्रीय कमिटी बैठक आज केन्द्रीय कार्यालयमा बस्ने भएको छ।

पार्टी अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालको संयोजकत्वमा गठित कार्यदलले सम्पन्न गरेको कार्यसम्पादनको समीक्षा तथा केन्द्रीय कमिटीलाई पूर्णता दिन बैठक आह्वान गरिएको केन्द्रीय सदस्य सोमप्रसाद पाण्डेयले जानकारी दिए।

विधानअनुसार बनाइएको ‘क्लष्टर’का आधारमा कार्यदलले केन्द्रीय सदस्यको नाम प्रस्ताव गर्ने बैठकमा प्रस्तावित ती नामलाई केन्द्रीय कमिटीले अनुमोदन गर्ने जनाइएको छ।

पार्टीमा २९९ सदस्यीय कार्यसमिति तथा २१ पदाधिकारीको व्यवस्था गरिएको छ। हाल अध्यक्ष, सम्मानित नेता र महासचिवसहित तीन पदाधिकारी, ९० केन्द्रीय सदस्य रहेको केन्द्रीय कमिटीमा २०६ केन्द्रीय सदस्य पद रिक्त छ।

सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसाल सदस्य रहेको कार्यदललाई पार्टीका सातै प्रदेशले केन्द्रमा पठाएको सिफारिसका आधारमा नेताहरूको मूल्याङ्कन गरी केन्द्रीय सदस्यको नामावली तयार भइसकेको बताइएको छ।

पार्टीमा केन्द्रीय सदस्यका लागि आकाङ्क्षी धेरै भएपछि नेताहरूको योगदान, कार्यक्षमता तथा भूगोल, क्षेत्र तथा सन्तुलन मिलाएर मनोनीत गरिने नेता पाण्डेयले जानकारी दिए। बागमतीबाट सबैभन्दा धेरै र गण्डकी प्रदेशमा सबैभन्दा थोरै केन्द्रीय सदस्य मनोनीत गरिने जनाइएको छ। केन्द्रीय कमिटीले पूर्णता पाएपछि पदाधिकारी छनोट गरिने छ।

मुलुकको समसामयिक राजनीतिक विषयवस्तुमा समीक्षा गर्ने बैठकले पार्टीको भावी कार्ययोजनाबारे छलफल गर्ने जनाइएको छ।

नेकपा एकीकृत समाजवादीले गत असार १६ गते काठमाडौँमा १०औँ महाधिवेशन उद्घाटन गर्‍यो। महाधिवेशन उद्घाटन गरेको १ महिना पुरा भइसकेको छ। असार २० गते ३ जना पदाधिकारी र ९३ जना केन्द्रीय सदस्य चयन गरेर महाधिवेशन सकियो ।

महाधिवेशन सकिएपछि १० दिनमा केन्द्रीय कमिटीलाई पूर्णता दिने बचन दिए पनि अझै केन्द्रीय कमिटीले पूर्णता पाउन सकेको छैन्। अध्यक्षमा माधवकुमार नेपाल र घनश्याम भुसाल लड्ने तयारी थियो। तर, नेपालले सुरुबाट नै सर्वसम्मतको अडान कायम राखे।अन्ततः महाधिवेशनले सर्वसम्मत अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसाललाई चयन गर्‍यो। हलबाटै ९३ जना केन्द्रीय सदस्य चयन गर्‍यो।

२१ जना पदाधिकारी विधानमा नै तोकेकाले पुरानैलाई दोहोर्‍याउने तयारी भएको भन्दै युवाहरूले आपत्ति जनाएका थिए। युवाहरू भने २१ जना पदाधिकारी र वरिष्ठ नेताहरू भनेर विधानलाई संशोधन गरेर भए पनि युवाहरूलाई अवसर दिनुपर्ने माग गरिरहेका छन्।

वरिष्ठ उपाध्यक्षमा दुई जनाको दाबी छ। निवर्तमान उपाध्यक्षद्वय बेदुराम भुसाल र राजेन्द्र पाण्डेले वरिष्ठ उपाध्यक्षमा दाबी गरिरहेका छन्। उपाध्यक्षमा दाबी गर्ने नेताहरूमा पूर्वउपमहासचिवहरू रहेको एक पूर्वपदाधिकारीले बताए। ती पदाधिकारीले भने, ‘उपमहासचिवहरू उपाध्यक्ष हुने लाइनमा छन्। पहिला नै उपाध्यक्षहरू धेरै छन्। मिलाउन पनि समस्या छ। युवाहरू उपमहासचिव र सचिवमा दाबेदार छन्।’

उपाध्यक्षमा जयन्ती राई, प्रकाश ज्वाला, जगन्नाथ खतिवडा, विजय पौडेल, गंगालाल तुलाधर र जीवनराम श्रेष्ठको दाबी छ।

उपमहासचिवमा उम्मेदवारी दिने तयारी गरिरहेका युवाहरूमा रामकुमारी झाँक्री, नरेशकुमार शाही, गरिमा शाह, राजेन्द्र राई र दिलुकुमारी पन्त छन्। सचिवमा दीर्घ सोडारी, अशेष घिमिरे, सुदेश पराजुली, मोहन गौतम, सोमप्रसाद पाण्डे, मेटमणि चौधरी, अब्दुल हुसेन खान, लक्ष्मण बीसी र रामकुमार भट्टराई रहेका छन्।

जबकि पहिला नै धेरै उपाध्यक्ष छन् । जसमा घनेन्द्र बस्नेत, धर्मनाथ साह, केशवलाल श्रेष्ठ र परमेश हमाल छन्। युवाहरूलाई समेट्न केही पुराना नेताहरूलाई वरिष्ठ नेतामा राख्नुपर्ने सचिवमा उम्मेदवारी दिने तयारी गरेका एक युवा नेता बताउँछन्।

प्रकाशित: २०८१ साउन १८ गते शुक्रबार ०६:५४
प्रतिक्रिया

थप समाचार

विपद्पछिको पुनर्निर्माणका लागि ४ देखि ५ अर्ब डलर आवश्यक पर्ने देखिन्छ: अर्थमन्त्री

अर्थमन्त्री स्वर्णिम वाग्लेले भोटेकोशी–त्रिशूली क्षेत्रमा आएको विपद्पछिको उद्धार, राहत, पुनरुत्थान तथा पुनर्निर्माणका लागि सरकारले आवश्यक स्रोतसाधनको व्यवस्था गर्ने बताएका छन्। हिमालमा...

आईजीपीबाट हटाउने सरकारको निर्णयविरुद्ध दानबहादुर सर्वोच्चमा

काठमाडौँ: प्रहरी महानिरीक्षक (आईजीपी)बाट हटाउने सरकारको निर्णयविरुद्ध दानबहादुर कार्की सर्वोच्च अदालत पुगेका छन्। आईजीपीबाट हटाउने निर्णयविरुद्ध सर्वोच्चमा रिट पुगेको हो। रिट दर्ता हुन...

‘एलपी ग्यासमुक्त पालिका’ योजना कार्यान्वयन गर्न ऊर्जामन्त्रीको निर्देशन

'नवीकरणीय ऊर्जालाई अनुदानबाट उद्यम र रोजगारीसँग जोड्नुपर्छ'

को हुन् नवनियुक्त आईजीपी केसी? किन हुँदैछ ५३ साल दोहोरिएको चर्चा?

काठमाडौँ: सरकारले दानबहादुर कार्कीलाई प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा प्रधानमन्त्रीको विशेष सुरक्षा...

मनोज केसी आईजीपी नियुक्त, दानबहादुरलाई प्रधानमन्त्रीको विशेष सुरक्षामा तानियो

काठमाडौँ: सरकारले एआईजी मनोज केसीलाई प्रहरी महानिरीक्षक (आईजीपी) बढुवा गर्ने निर्णय गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको एक मन्त्रीले बताए। दानबहादुर कार्कीलाई आईजीपीबाट...
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
rameshowre
उद्योग

केटीएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।
mof_building
आर्थिक नीति

सम्पादकीय: टालाटुलीले तंग्रिन्न अर्थतन्त्र, सरकारसँग ‘म्यासिभ इन्भेस्टमेन्ट प्लान’ खै?

अर्थतन्त्रलाई गति दिन व्यवसायीमा गुमेको विश्वासको वातावरण फर्काएर ल्याउन र लगानीले ठूलो धक्का (बिग पुस) दिनुपर्ने देखिएको छ। यसका लागि सरकारले अहिले नै वृहत लगानी योजना (म्यासिभ इन्भेस्टमेन्ट...
News 1 (1).psd (31)
विचार

प्रसारण र विद्युत व्यापार: निजी क्षेत्रको अग्निपरीक्षा

आशयपत्र प्राप्त गर्ने कम्पनीहरूले प्रत्येक तीन महिनामा प्रगति विवरण पेस गर्दै आफ्नो क्षमता प्रमाणित गर्नुपर्छ। बजार खोज्ने, व्यापारिक साझेदार बनाउने, लगानी जुटाउने र आवश्यक प्राविधिक तयारी...
lokraj
व्यक्तित्व

लोक बुझिरहेका लोकराज: १ रुपैयाँको भुक्तानीदेखि अर्बौँको कारोबारसम्म

म आफ्ना कर्मचारीलाई कम्पनीको सीईओलाई भन्दा बढी तलब दिने हिम्मत राख्छु। किनकि, मेरो लागि उद्यम भनेको मानिसको श्रम र योगदानको वास्तविक मूल्य चुकाउनु हो। मैले १० हजार मानिसलाई रोजगारी दिने लक्ष्य...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना