२०८३ कार्तिक २२ गते शनिवार

नाउपा पनि सरकारमा, ३ राज्यमन्त्रीले लिए शपथ

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, साउन १८
sapath

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष नवनियुक्त तीन राज्यमन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आयोजित समारोहमा प्रधानमन्त्री ओलीसमक्ष तीन राज्यमन्त्रीले शपथ लिएका हुन्।

सपथ लिनेमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री अरुणकुमार चौधरी छन्। उनी नाउपाबाट राज्यमन्त्री बनेका हुन्।

यस्तै वन तथा वातावरण राज्यमन्त्री रुपा विक र ऊर्जा, जलस्रोत र सिँचाई राज्यमन्त्री पूर्णबहादुर तामाङ पनि छन्। उनीहरू दुवै जना कांग्रेसका तर्फबाट राज्यमन्त्री बनेका हुन्।

सपथ कार्यक्रममा उपप्रधानमन्त्रीहरू, मन्त्रीहरू, मुख्यसचिवलगायतका अधिकारी सहभागी थिए।

प्रधानमन्त्री ओली गत असार ३० गते नियुक्त भएका थिए।

योसँगै मन्त्रिपरिषदले पूर्णता पाएको छ। नेपालको संविधानको धारा ७६ को उपधारा ९ मा बढीमा पच्चीस सदस्यीय मन्त्रिपरिषद गठन हुने व्यवस्था छ।

यसअघि नै प्रधानमन्त्री र उपप्रधानमन्त्रीसहित २२ जना मन्त्रीहरू भएको र अब ३ जना राज्यमन्त्री थपिएर २५ जना पुगेकाले मन्त्रिपरिषदले पूर्णता पाएको हो।

असार १७ गते कांग्रेस र एमालेबीच सरकार बनाउने समझदारी भएपछि असार ३१ गते ओलीले प्रधानमन्त्रीका रूपमा शपथ लिएका थिए।

कांग्रेसका ८८ सांसद र एमालेका ७८ सांसदको समर्थनमा ओली प्रधानमन्त्री नियुक्त भएका हुन्। ओलीको चौथो पटक प्रधानमन्त्री बनेका हुन्।

तीन वर्षअघि अर्थात् २०७८ असार २८ गते सर्वोच्च अदालतको संवैधानिक इजलासको परमादेशबाट एमाले अध्यक्ष केपी शर्मा ओली सत्ताच्यूत भएका थिए।

असार ३१ गते नै २१ जना मन्त्रीले शपथ लिएका थिए।

ओली नेतृत्वको सरकारमा कांग्रेस, एमाले, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी र उन्मुक्ति सहभागी भएका छन्।

यस्तो बन्यो ओली क्याबिनेट
केपी शर्मा ओली : प्रधानमन्त्री

प्रकाशमान सिंह : उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री

विष्णु पौडेल : उपप्रधानमन्त्री तथा अर्थमन्त्री

पृथ्वी सुब्बा गुरुङ : सञ्चारमन्त्री

रमेश लेखक : गृहमन्त्री

शरदसिंह भण्डारी : श्रममन्त्री

डा आरजु राणा : परराष्ट्रमन्त्री

प्रदिप यादव : खानेपानीमन्त्री

बलराम अधिकारी : भूमि व्यवस्था गरिबी निवारण तथा सहकारीमन्त्री

दामोदर भण्डरी : उद्योगमन्त्री

नवल किशोर साह सुडी : महिला बालबालिका तथा समाजकल्याणमन्त्री

देवेन्द्र दाहाल : भौतिक पूर्वाधारमन्त्री

तेजुलाल चौधरी : युवा तथा खेलकुदमन्त्री

प्रदीप पौडेल : स्वास्थ्यमन्त्री

अजय कुमार चौरसीया : कानुनमन्त्री

बद्री पाण्डे : संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री

रामनाथ अधिकारी : कृषिमन्त्री

विद्या भट्टराई : शिक्षामन्त्री

मानवीर राई : रक्षामन्त्री

दीपक खड्का : उर्जा जलस्रोत तथा सिँचाइमन्त्री

राजकुमार गुप्ता : संघीय मामिलामन्त्री

ऐन बहादुर शाही : वनमन्त्री

राज्यमन्त्री
अरुणकुमार चौधरी : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री

रुपा विक : वन तथा वातावरण राज्यमन्त्री

पूर्णबहादुर तामाङ : ऊर्जा, जलस्रोत र सिँचाई राज्यमन्त्री

प्रकाशित: २०८१ साउन १८ गते शुक्रबार ०५:१८
प्रतिक्रिया

थप समाचार

विपद्पछिको पुनर्निर्माणका लागि ४ देखि ५ अर्ब डलर आवश्यक पर्ने देखिन्छ: अर्थमन्त्री

अर्थमन्त्री स्वर्णिम वाग्लेले भोटेकोशी–त्रिशूली क्षेत्रमा आएको विपद्पछिको उद्धार, राहत, पुनरुत्थान तथा पुनर्निर्माणका लागि सरकारले आवश्यक स्रोतसाधनको व्यवस्था गर्ने बताएका छन्। हिमालमा...

आईजीपीबाट हटाउने सरकारको निर्णयविरुद्ध दानबहादुर सर्वोच्चमा

काठमाडौँ: प्रहरी महानिरीक्षक (आईजीपी)बाट हटाउने सरकारको निर्णयविरुद्ध दानबहादुर कार्की सर्वोच्च अदालत पुगेका छन्। आईजीपीबाट हटाउने निर्णयविरुद्ध सर्वोच्चमा रिट पुगेको हो। रिट दर्ता हुन...

‘एलपी ग्यासमुक्त पालिका’ योजना कार्यान्वयन गर्न ऊर्जामन्त्रीको निर्देशन

'नवीकरणीय ऊर्जालाई अनुदानबाट उद्यम र रोजगारीसँग जोड्नुपर्छ'

को हुन् नवनियुक्त आईजीपी केसी? किन हुँदैछ ५३ साल दोहोरिएको चर्चा?

काठमाडौँ: सरकारले दानबहादुर कार्कीलाई प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा प्रधानमन्त्रीको विशेष सुरक्षा...

मनोज केसी आईजीपी नियुक्त, दानबहादुरलाई प्रधानमन्त्रीको विशेष सुरक्षामा तानियो

काठमाडौँ: सरकारले एआईजी मनोज केसीलाई प्रहरी महानिरीक्षक (आईजीपी) बढुवा गर्ने निर्णय गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको एक मन्त्रीले बताए। दानबहादुर कार्कीलाई आईजीपीबाट...
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
rameshowre
उद्योग

केटीएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।
mof_building
आर्थिक नीति

सम्पादकीय: टालाटुलीले तंग्रिन्न अर्थतन्त्र, सरकारसँग ‘म्यासिभ इन्भेस्टमेन्ट प्लान’ खै?

अर्थतन्त्रलाई गति दिन व्यवसायीमा गुमेको विश्वासको वातावरण फर्काएर ल्याउन र लगानीले ठूलो धक्का (बिग पुस) दिनुपर्ने देखिएको छ। यसका लागि सरकारले अहिले नै वृहत लगानी योजना (म्यासिभ इन्भेस्टमेन्ट...
News 1 (1).psd (31)
विचार

प्रसारण र विद्युत व्यापार: निजी क्षेत्रको अग्निपरीक्षा

आशयपत्र प्राप्त गर्ने कम्पनीहरूले प्रत्येक तीन महिनामा प्रगति विवरण पेस गर्दै आफ्नो क्षमता प्रमाणित गर्नुपर्छ। बजार खोज्ने, व्यापारिक साझेदार बनाउने, लगानी जुटाउने र आवश्यक प्राविधिक तयारी...
lokraj
व्यक्तित्व

लोक बुझिरहेका लोकराज: १ रुपैयाँको भुक्तानीदेखि अर्बौँको कारोबारसम्म

म आफ्ना कर्मचारीलाई कम्पनीको सीईओलाई भन्दा बढी तलब दिने हिम्मत राख्छु। किनकि, मेरो लागि उद्यम भनेको मानिसको श्रम र योगदानको वास्तविक मूल्य चुकाउनु हो। मैले १० हजार मानिसलाई रोजगारी दिने लक्ष्य...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना