काठमाडौं- नेपाली कांग्रेसका सांसद कमलबहादुर शाहले सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा दाबी पेस गरेका छन्। नेपाली कांग्रेस संसदीय दल नेता समेत रहेका शाहलेप्रदेश प्रमुख नजिर मियाँलाई भेटेर शाहले मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन्।
उनले नेकपा एमालेको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन्। सुदूरपश्चिममा कांग्रेसका १८ र एमालेका ११ जना सांसद छन्।सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घ सोडारीले पदबाट राजीनामा दिएपछि नयाँ सरकार गठनका लागि प्रदेश प्रमुख मियाँले आह्वान गरेका थिए।
शाह यसअघि पनि सुदुरपश्चिम प्रदेशको मुख्यमन्त्री थिए।


