काठमाडौँ- कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेललाई आज विश्वासको मत लिँदैछन्।
दिउँसो ३ बजे बस्ने प्रदेशसभाको बैठकमा उनले विश्वासको मत लिन लागेका हुन्।
नेकपा माओवादीको सहयोगमा कँडेल चैत २७ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए।
केन्द्रमा सत्ता समीकरण बदलिएसँगै मुख्यमन्त्री कँडेलले दोस्रो पटक विश्वासको मत लिन लागेका हुन्।
कर्णाली प्रदेश सभाका सचिव जीवराज बुढाथोकीले मुख्यमन्त्री कँडेलले २१ साउनमा विश्वासको मत लिन भन्दै प्रदेश सभा सचिवालयमा प्रस्ताव दर्ता गरेको बताए।
४० सदस्यीय कर्णाली प्रदेशसभामा मुख्यमन्त्री कँडेलले विश्वासको मतका लागि २१ मत प्राप्त गर्नुपर्ने हुन्छ।
प्रदेशसभामा एमालेका १० र कांग्रेसका १४ सांसद छन्। माओवादीका १३, रापप्रा र एकीकृत समाजवादी र स्वतन्त्र सांसद एक–एक जना छन्।


