२०८३ कार्तिक २२ गते शनिवार

देउवाले मनोनयन गरे ३७ विभागका प्रमुख [सूचीसहित]

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, साउन २१
Deuba_sher_bahadur (4)

काठमाडौँ- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका ३७ वटा विभागको प्रमुख तोकेका छन्।

सोमबार सभापति देउवाले कांग्रेस केन्द्रीय कार्यसमितिका सदस्यहरूलाई केन्द्रीय विभागहरूको प्रमुखमा मनोनयन गरेका हुन्।

कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा ३७ (१) (ग) बमोजिम विभागीय प्रमुख मनोनयन गरिएको कांग्रेस कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन्।

राज्य प्रशासन विभागको प्रमुखमा गोविन्द भट्टराई, स्थानीय तह समन्वय विभाग प्रमुखमा मधु आचार्य, अभिलेख, अनुगमन तथा मूल्याङ्कन विभागको प्रमुखमा मानबहादुर विश्वकर्मा मनोनित भएका छन्।

त्यसैगरी संघीय मामिला समन्वय विभाग चन्द्रबहादुर केसी, संसदीय मामिला विभाग गोविन्दबहादुर शाह, कानुन विभाग मानबहादुर नेपाली, विद्यार्थी विभाग राजीव ढुंगाना, पेसागत तथा बुद्धिजीवी विभागमा डा. डिला संग्रौला, शिक्षा विभाग नैनसिंह महर, स्वास्थ्य विभाग डा. चन्द्रमोहन यादव, निर्माण व्यवसाय समन्वय विभाग मदनबहादुर अमात्य, सार्वजनिक यातायात र यातायात व्यवसायी समन्वय विभागमा शिवप्रसाद हुमागाँइ मनोनित भएका छन्।

त्यसैगरी कृषि तथा किसान विभागको प्रमुखमा उमेश श्रेष्ठ, खेलकुद विभाग उमेशजंग रायमाझी, प्राकृतिक स्रोत विभाग तारामान गुरुङ, साहित्य, कला तथा संस्कृति विभाग विद्यादेवी तिमिल्सीना, दलित समुदाय समन्वय र सशक्तीकरण विभाग लक्ष्मी परियार, द्वन्द व्यवस्थापन तथा मेलमिलाप विभाग कृष्णकिशोर घिमिरे, मुस्लिम विभाग मैकुलाल वाल्मिकी, वित्तिय संस्था समन्वय विभाग कर्णबहादुर बुढा, विज्ञान तथा सूचना प्रविधि विभाग सुशीला मिश्र भट्ट, भू.पू. सैनिक विभाग महेन्द्र कुमारी लिम्बू, आर्थिक नीति तथा योजना विभाग प्रा.डा. गोविन्दराज पोखरेल, शुभेच्छुक संस्था समन्वय विभाग अब्दुल सत्तार मनोनित भएका छन्।

त्यसैगरी श्रमिक तथा ट्रेड युनियन विभाग हरिशरण नेपाली, भूमि व्यवस्था तथा भूमिहीन, अव्यवस्थित बसोबास समन्वय विभाग नृपबहादुर वड, मानव अधिकार विभाग धना खतिवडा, वातावरण तथा जलवायु परिवर्तन सरोकार विभाग कल्याणकुमार गुरुङ, ऊर्जा तथा जलस्रोत विभाग अनिलकुमार रुंगटा, बालबालिका तथा किशोर–किशोरी समन्वय विभाग डा. जीवन राना,नागरिक सम्बन्ध तथा समस्या सम्बोधन समन्वय विभाग लक्ष्मी खतिवडा, व्यावसायिक सिप विकास विभाग गंगालक्ष्मी अवाल, विपन्न उत्थान समन्वय विभाग डा. गोपाल दहित, सामाजिक संघ संस्था समन्वय विभाग अर्जुनप्रसाद जोशी, पुस्तकालय तथा पार्टी अध्ययन–स्रोत केन्द्र विभाग अजयबाबु शिवाकोटी, धर्म–संस्कृति समन्वय विभाग ध्यानगोविन्द रञ्जित र पूर्व आप्रवासी समन्वय विभागको प्रमुखमा दिनेश कोइराला मनोनित गरेका हुन्।

नेपाली कांग्रेसको महाधिवेशन सम्पन्न भएको लामो समयसम्म पनि धेरै विभागहरू गठन भएका थिएनन्।

 

प्रकाशित: २०८१ साउन २१ गते सोमबार ०५:०९
प्रतिक्रिया

थप समाचार

विपद्पछिको पुनर्निर्माणका लागि ४ देखि ५ अर्ब डलर आवश्यक पर्ने देखिन्छ: अर्थमन्त्री

अर्थमन्त्री स्वर्णिम वाग्लेले भोटेकोशी–त्रिशूली क्षेत्रमा आएको विपद्पछिको उद्धार, राहत, पुनरुत्थान तथा पुनर्निर्माणका लागि सरकारले आवश्यक स्रोतसाधनको व्यवस्था गर्ने बताएका छन्। हिमालमा...

आईजीपीबाट हटाउने सरकारको निर्णयविरुद्ध दानबहादुर सर्वोच्चमा

काठमाडौँ: प्रहरी महानिरीक्षक (आईजीपी)बाट हटाउने सरकारको निर्णयविरुद्ध दानबहादुर कार्की सर्वोच्च अदालत पुगेका छन्। आईजीपीबाट हटाउने निर्णयविरुद्ध सर्वोच्चमा रिट पुगेको हो। रिट दर्ता हुन...

‘एलपी ग्यासमुक्त पालिका’ योजना कार्यान्वयन गर्न ऊर्जामन्त्रीको निर्देशन

'नवीकरणीय ऊर्जालाई अनुदानबाट उद्यम र रोजगारीसँग जोड्नुपर्छ'

को हुन् नवनियुक्त आईजीपी केसी? किन हुँदैछ ५३ साल दोहोरिएको चर्चा?

काठमाडौँ: सरकारले दानबहादुर कार्कीलाई प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा प्रधानमन्त्रीको विशेष सुरक्षा...

मनोज केसी आईजीपी नियुक्त, दानबहादुरलाई प्रधानमन्त्रीको विशेष सुरक्षामा तानियो

काठमाडौँ: सरकारले एआईजी मनोज केसीलाई प्रहरी महानिरीक्षक (आईजीपी) बढुवा गर्ने निर्णय गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको एक मन्त्रीले बताए। दानबहादुर कार्कीलाई आईजीपीबाट...
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
rameshowre
उद्योग

केटीएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।
mof_building
आर्थिक नीति

सम्पादकीय: टालाटुलीले तंग्रिन्न अर्थतन्त्र, सरकारसँग ‘म्यासिभ इन्भेस्टमेन्ट प्लान’ खै?

अर्थतन्त्रलाई गति दिन व्यवसायीमा गुमेको विश्वासको वातावरण फर्काएर ल्याउन र लगानीले ठूलो धक्का (बिग पुस) दिनुपर्ने देखिएको छ। यसका लागि सरकारले अहिले नै वृहत लगानी योजना (म्यासिभ इन्भेस्टमेन्ट...
News 1 (1).psd (31)
विचार

प्रसारण र विद्युत व्यापार: निजी क्षेत्रको अग्निपरीक्षा

आशयपत्र प्राप्त गर्ने कम्पनीहरूले प्रत्येक तीन महिनामा प्रगति विवरण पेस गर्दै आफ्नो क्षमता प्रमाणित गर्नुपर्छ। बजार खोज्ने, व्यापारिक साझेदार बनाउने, लगानी जुटाउने र आवश्यक प्राविधिक तयारी...
lokraj
व्यक्तित्व

लोक बुझिरहेका लोकराज: १ रुपैयाँको भुक्तानीदेखि अर्बौँको कारोबारसम्म

म आफ्ना कर्मचारीलाई कम्पनीको सीईओलाई भन्दा बढी तलब दिने हिम्मत राख्छु। किनकि, मेरो लागि उद्यम भनेको मानिसको श्रम र योगदानको वास्तविक मूल्य चुकाउनु हो। मैले १० हजार मानिसलाई रोजगारी दिने लक्ष्य...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना