काठमाडौँ- माओवादी केन्द्रका अध्यक्ष पुष्पकलम दाहाल प्रचण्डले बंगलादेशको पछिल्लो घटनाबाट नेपाली शासकहरुले पनि पाठ सिक्नुपर्ने बताएका छन्।
सोमबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुले बंगलादेशको घटनाबारे सोधेका थिए। विद्यार्थीहरुको आन्दोलन चर्किएपछि शेख हसिनाले प्रधानमन्त्रीबाट राजीनामा दिएर देश छाडेकी छन्।
यसलाई कतिपयले नेपालमा पनि यस्तो हुनसक्छ भनेका छन् नि भन्ने प्रश्नमा पूर्वप्रधानमन्त्री प्रचण्डले बंगलादेशको घटनाक्रमलाई राम्रोसँग अध्ययन गरिनसकेको बताए।
उनले अगाडि भने, ‘म यत्ति भन्छु, हामीसँग बहुमत छ जे गरे पनि हुन्छ भनेर शासकहरुले ठान्नु दुर्भाग्यपूर्ण भन्ने कुरा नेपाली शासकहरुले बुझ्दा राम्रो हुन्छ।’
