२०८३ साउन १३ गते बुधबार

मुख्यमन्त्री शाहद्वारा पदबहाली

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, साउन २१
dfysdry

सुदूरपश्चिम- सुदूरपश्चिम प्रदेश सरकारका नवनियुक्त मुख्यमन्त्री कमलबहादुर शाहले आज पदबहाली गरेका छन्। पदबहाली गर्दै उनले प्रदेशमा बजेट शून्यताको अवस्था चाँडै अन्त्य गर्ने प्रतिबद्धता जनाए।

उनले भने, ‘बजेट शून्यताको अन्त्य गर्न सचिवहरुसँग छलफल गरेर राजस्व सङ्कलन र दैनिक खर्चको निकास छिट्टै दिन्छौँ।’ आर्थिक वर्ष २०८१र८२का लागि प्रदेशसभामा प्रस्तुत बजेटमाथि छलफल गरेर पारित गर्नमा भएको ढिलाइ भएपछि प्रदेशमा यही साउन १ गतेबाट बजेट शून्यताको अवस्था छ।

मुख्यमन्त्री शाहले प्रदेश सरकार मातहतका निकायमा वित्तीय अनुशासन, सुशासन प्रबर्द्धन र भ्रष्टाचार न्यूनीकरणका लागि अध्ययन गर्न मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिवको संयोजकत्वमा एक कार्यदल गठन गरेका छन्। कार्यदललाई १५ दिनभित्र प्रतिवेदन पेस गर्नुपर्ने गरी जिम्मेवारी दिइएको छ।

यसैगरी प्रदेशका सरकारी अस्पतालमा बिरामीलाई आवश्यक पर्ने रगत निःशुल्क उपलब्ध गराउने निर्णय पनि उनले गरेका छन्। यसका लागि नेपाल रेडक्रस सोसाइटीको सहकार्यमा निःशुल्क ‘ब्लड बैंक’ सञ्चालन र व्यवस्थापनका लागि अध्ययन गरी सोको कार्यान्वयनका लागि आवश्यक निर्णय गर्न सामाजिक विकास मन्त्रालय निर्देशन दिने निर्णय गरिएको छ।

उनले प्रदेशका नागरिकको विपद् जोखिम दुर्घटना बीमा गर्ने निर्णय गरेको जनाइएको छ। कार्यक्रम सञ्चलनका लागि अध्ययन गरी आवश्यक निर्णय गर्न आन्तरिक मामिला तथा कानुन मन्त्रालय निर्देशन दिने निर्णय गरिएको छ।

नेपाली कांग्रेस संसदीय दलका नेता एवं नवनियुक्त मुख्यमन्त्री शाहको सिफारिसमा नेपालको संविधानको धारा १६८को उपधारा (९) बमोजिम प्रदेश प्रमुख नजिर मियाँले आजै प्रदेशको मन्त्रिपरिषद् गठन र कार्यविभाजन गरेका छन्।

मन्त्रिपरिषद्को गठन र कार्यविभाजनअनुसार बहादुरसिंह थापाले आर्थिक मामिला, सुरेन्द्रबहादुर पालले भौतिक पूर्वाधार विकास र मेघराज खड्काले सामाजिक विकास मन्त्रीको जिम्मेवारी पाएका छन्।

यस्तै लक्ष्मणकिशोर चौधरी उद्योग, पर्यटन, वन, तथा वातावारण मन्त्री, हीरा सार्की आन्तरिक मामिला तथा कानुन मन्त्री र वीरबहादुर थापा भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रीमा नियुक्त भएका छन्। प्रकाश बहादुर बम आर्थिक मामिला, सरस्वती खड्का सामाजिक विकास र निर्मला साउद भौतिक पूर्वाधार विकास राज्यमन्त्रीमा नियुक्त भएका छन्।

आर्थिक मामिला मन्त्री थापा र समाजिक विकास मन्त्री खड्का, राज्यमन्त्रीहरु प्रकाशबहादुर बम र सरस्वती खड्का कांग्रेसका सांसद छन्। भौतिक पूर्वाधार विकास मन्त्री पाल, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री थापा र आन्तरिक मामिला तथा कानुन मन्त्री सार्की एमालेका सांसद छन्।

उद्योग पर्यटन, वन तथा वातावरणमा नियुक्त चौधरी नागरिक उन्मुक्ति पार्टीका सांसद हुनुहुन्छ भने राज्यमन्त्रीमा नियुक्त निर्मला साउद एमालेकी सांसद छन्।

प्रदेश प्रमुख मियाँले नवनियुक्त मुख्यमन्त्री र मन्त्रीलाई छुट्टाछुट्टै रुपमा पद तथा गोपनीयताको सपथ गराए। सोही समारोहमा मुख्यमन्त्री शाहले नवनियुक्त राज्यमन्त्रीलाई पद तथा गोपनीयताको सपथ गराए।

नेपालको संविधानको धारा १६८को उपधारा (२) बमोजिम आइतबार नेकपा (एमाले) सहितका दलको समर्थनमा शाह प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका थिए। उनी दोस्रो पटक मुख्यमन्त्रीमा नियुक्त भएका हुन।

प्रदेशसभामा नेपाली कांग्रेसका १८, नेपाल कम्युनिष्ट पार्टी (एमाले)का ११, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का सभामुख बाहेक १०, नागरिक उन्मुक्ति पार्टीका सात, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का चार, राष्ट्रिय प्रजातन्त्र पार्टीका एक र एकजना स्वतन्त्र सदस्य छन्।

प्रकाशित: २०८१ साउन २१ गते सोमबार ०९:२६
प्रतिक्रिया

थप समाचार

सुनसरीमा भएको घटनाका सम्बन्धमा छानबिन गर्न गठित समितिमा दुई सदस्य थप

काठमाडौँ: सरकारले सुनसरीमा भएको घटनाका सम्बन्धमा छानबिन गर्न गठित समितिमा दुई सदस्य थप गरेको छ। गृह मन्त्रालयले आज सचिवस्तरीय निर्णय गर्दै समितिमा ब्यालिस्टिक र फरेन्सिक हेर्ने गरी प्रहरी...

९ वटा विधेयक संसद्‌मा पेस गर्न स्वीकृति दिने मन्त्रिपरिषद्को निर्णय, कुन–कुन?

काठमाडौँ: सरकारले ९ वटा विधेयक सङ्घीय संसद् समक्ष पेश गर्न स्वीकृति दिने निर्णय गरेको छ। सिंहदरबारमा बुधबार बसेको मन्त्रिपरिषद् बैठकले संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक, सेवाको...

नेपाल टेलिकमका सबै टावरमा विद्युत् सेवा पुर्‍याउन सञ्चारमन्त्रीको निर्देशन

काठमाडौँ: सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले नेपाल टेलिकमको सेवा पहुँच र गुणस्तर सुधारका लागि देखिएका समस्या तत्काल समाधान गर्न र सम्भव भएसम्म टेलिकमका सबै टावरमा भरपर्दो विद्युत्...

मन्त्री श्रेष्ठले गरे दुई विभागको नेतृत्व हेरफेर, विद्युत्‌मा गौतम र सिँचाइमा डा. श्रेष्ठ

काठमाडौँः ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले विद्युत् विकास विभाग र सिँचाइ विभागको नेतृत्व परिवर्तन गरेको छ। मन्त्री विराजभक्त श्रेष्ठले मन्त्रिस्तरीय निर्णय गर्दै दुवै विभागमा नयाँ...

सर्वदलीय बैठकको सातबुँदे वक्तव्यः अफवाह नफैलाउन र शान्ति कायम राख्न आग्रह

काठमाडौँ: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा मंगलबार बसेको सर्वदलीय बैठकले सुनसरीसहित विभिन्न जिल्लामा हालै विकसित संवेदनशील घटनाक्रमप्रति गम्भीर चासो...
rameshowre
उद्योग

सिमरामा २ अर्ब लगानीमा पाँचतारे होटल ‘अन्नपूर्ण भिस्टा’ बनाउँदै क्याप्टेन रामेश्वर थापा

होटलको हालसम्म १३ प्रतिशत वित्तीय प्रगति भएको छ। कूल लगानीमा एक अर्ब ५४ करोड रुपैयाँ बैंकको ऋण रहेको छ। यसमध्ये ९८ करोड रुपैयाँ लगानी व्यवस्थापन भइसकेको अन्नपूर्ण भिस्टाले जनाएको छ।
Gautam-Adani
विदेश

उडानको तयारीमा डलर अर्बपति अदानीः धेरै एयरलाइन्स असफल भएको भारतमा चम्किलान्?

अदानीका लागि सफलताको अर्थ सुरुमा बहालवाला दुई कम्पनीहरूलाई प्रत्यक्ष चुनौती दिनुको सट्टा एक विश्वसनीय तेस्रो शक्ति बन्नु हुन सक्छ। सीमित कम्पनीहरूको वर्चस्व रहेको यस उद्योगमा सुरुवाती वर्षहरूमा...
surya_nepal
उद्योग

बहुराष्ट्रिय कम्पनी सूर्य नेपालको चुरोट व्यापार बढ्दो, एक वर्षमा साढे ३२ अर्बको कारोबार

सूर्य नेपालले सेयरधनीलाई आकर्षक लाभांश दिँदै आएको छ। यद्यपि, पछिल्ला तीन वर्षदेखि सूर्य नेपालले लाभांश सार्वजनिक गरेको छैन्। सन् २०२२ मा सूर्य नेपालले १० अर्ब ४३ करोड ३० लाख रुपैयाँ लाभांश...
bab_al
विदेश

मध्यपूर्वमा सैन्य तनावले तेल बजार प्रभावित, विश्व अर्थतन्त्र जोखिममा पर्ने चेतावनी

अन्तरर्राष्ट्रिय बेन्चमार्क मानिने ब्रेन्ट क्रुडको मूल्य कारोबारका क्रममा केही समय प्रतिब्यारेल ९५ डलरभन्दा माथि पुगे पनि पछि केही घटेको थियो।
elon_musk
प्रविधि

अबको १० वर्षमा पैसाको कुनै महत्त्व रहन्न: एलन मस्क

–सन् २०३६ मा पैसाको कुनै महत्त्व हुनेछैन। यो भनाइ हो विश्वकै सबैभन्दा धनी व्यक्तिमध्येका एक एलन मस्कको। उनले हालै 'द इकोनोमिस्ट'को पोडकास्टमा यस्तो बताएका हुन्। ज्यानी मिन्टन बेडोजसँगको पोडकास्टमा...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: news@nepalclicks.com

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : business@nepalclicks.com
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना