तम्घास- गुल्मीमा पहिरोले दुई घर पुरिँदा मृत्यु हुनेको संख्या ४ पुगेको छ।
मंगलबार पहिरोमा परी दुई जना घाइतेसमेत भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक रामकुमार केसीले बताए।
जिल्लाको मुसिकोट नगरपालिका-१ बिसौनाका विष्णु विकको घरमाथिबाट आएको लेदोसहितको पहिरो विष्णु विक र हुकुम विकको घर पुरेको थियो।
पहिरोमा पुरिएर मृत्यु हुनेमा ४८ वर्षका गोरे विक, ६७ वर्षका हुकुम विक, साढे दुई वर्षकी रियन्सा विक र ६६ वर्षकी मसुरी विक छन्।
पहिरोमा पुरिएका मुना विक र बिष्णु विकलाई स्थानीयले उद्धार गरेर उपचारका लागि स्वास्थ्य चौकीमा पठाएका छन्।
मंगलबार बिहान घर माथिबाट खसेको लेदो सहितको पहिरोले बिष्णु विक र हुकुम विकको घर पुरिएको थियो।
