काठमाडौँ- नुवाकोटको शिवपुरी गाउँपालिका-१ स्थित गुर्जेमा हेलिकोप्टर दुर्घटना भएपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रि पाण्डे घटनास्थलतर्फ प्रस्थान गरेका छन्।
बुधबार दिउँसो काठमाडौँबाट रसुवाका लागि प्रस्थान गरेको हेलिकप्टरले उडान सुरु गरेको तीन मिनेटमा नै सम्पर्कविहीन भएको दुर्घटनास्थलतर्फ पर्यटनमन्त्री प्रस्थान गरेको उनको सचिवालयले जानकारी दिएको छ।
एयर डाइनेस्टीको हेलिकप्टर बुधबार दिउँसो १ बजेर ५४ मिनेटमा काठमाडौँबाट रसुवाको स्याफ्रुबेँसीका लागि उडेको थियो।
नागरिक उड्ययन प्राधिकरणले हेलिकप्टर क्याप्टेन अरुण मल्लले उक्त हेलिकोप्टर उडाएको जनाएको छ।
हेलिकोप्टरमा क्याप्टेनसहित ५ जना थिए। पाँचै जनाको शव फेला परेको छ। क्याप्टेनबाहेकका सबै विदेशी हुन्।
४ जना विदेशीलाई स्याफ्रुबेंसी छाड्ने र त्यहाँबाट विदेशी नै लिएर काठमाडौं आउने तालिका थियो।
हेलिकोप्टर क्याप्टेन अरुण मल्लले उडाएका थिए।
हेलिकोप्टरमा रहेका ४ जना चिनियाँ नागरिक रहेको बताइएको छ।
