२०८३ कार्तिक १७ गते सोमबार

जबर्जस्ती करणीको वर्गीकरण गर्नुपर्छ : कानुनमन्त्री

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, साउन २५
ajay_Chaurasiya

काठमाडौँ- कानून न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले जबरजस्ती करणीमा पनि वर्गीकरण हुनुपर्ने धारणा राखेका छन्।

शुक्रबार प्रतिनिधिसभाको कानून न्याय तथा मानव अधिकार समितिमा सांसदले उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले ऐन परिमार्जनको प्रतिवद्धता जनाएका हुन्।

उनले भने, ‘१८ वर्ष उमेर नपुगी भएको यौन सम्बन्धलाई जबरजस्ती करणी मान्ने नेपालको प्रचलित ऐन कानून छ। जबरजस्ती करणीमा वर्गीकरण हुनुपर्छ भन्ने पक्षमा म छु।’

समान उमेरका बालबालिकाबीचमा सहमतिमा हुने सम्बन्धमा बालकलाई मात्रै विभिन्न मुद्दा लाग्ने गरेको भन्दै त्यस्तो कानून सुधार गर्नुपर्ने उनको राय छ।

‘मलाई पनि लाग्छ, नेपालको कानूनमा अग्रिम जमानतको व्यवस्था हुनुपर्छ। जबरजस्ती करणीको सन्दर्भमा पनि क्याटेगोरी छुट्याइकन, बालबालिका कम उमेरमा परिपक्व हुँदैन,’ उनले भने, ‘कहीँ जान्छन्, जाँदासम्म केटा र केटीको मन मिलेको हुन्छ। एउटै भर्सन हुन्छ। र, पछि नाबालिग भनेर घरमा ल्याएपछि केटीको मन परिवर्तन हुन्छ। आमा, बुबातिर पनि हेर्छ। घर, परिवारको मान, प्रतिष्ठाको कुरा आउँछ। अनि अनेक किसिमका मुद्दाहरू पनि लाग्ने गरेका छन् त्यो कानूनमा सुधार गर्नुपर्छ।’

अग्रिम जमानतको व्यवस्था नभएको बताउँदै उनले मुद्दा चलाउने तर पछि प्रमाणित नहुने अवस्था पनि रहेको उल्लेख गर्दै त्यसलाई सच्याउन पर्ने संकेत गरे।

‘यी कानूनहरूमा कसरी सुधार गर्ने, के-के सुधार गर्ने यो समितिले निर्देशन दिएमा त्यसलाई म अगाडि बढाउनेछु। कारागार र बाल सुधार गृहमा राष्ट्रले धान्नसक्ने संशाधनभित्र रहेर जहाँ जहाँ सुधार गर्न सकिन्छ, म गर्न तयार छु,’ उनको भनाइ थियो।

प्रकाशित: २०८१ साउन २५ गते शुक्रबार ०६:१०
प्रतिक्रिया

थप समाचार

दशैँमा किन चलेनन् नेपाली फिल्म? सिक्वेलले पनि तानेनन् दर्शक

दशैँको बिदा र चर्चित फिल्मका सिक्वेलले समेत दर्शकलाई हलसम्म किन तान्न सकेनन्?

प्रधानन्यायाधीश र न्यायाधीशको इनम ‘कनेक्सन’: सर्वोच्चको पूर्ण बैठकले के निर्णय गर्‍यो?

काठमाडौँ: सर्वोच्च अदालतका प्रधानन्यायाधीश र न्यायाधीशहरूसहितको पूर्ण बैठक सम्पन्न भएको छ। बैठकले ५ वटा निर्णय गरेको छ। प्रधानन्यायाधीश डा मनोजकुमार शर्मा र न्यायाधीश हरिप्रसाद फुँयालमाथि...

ब्रम्हपुत्रमा बन्दै गरेको विश्वकै ठूलो जलविद्युत बाँधले बाढीको जोखिम बढ्ने वैज्ञानिकको चेतावनी

अनुसन्धान टोलीले भनेको छ ‘यी नतिजाहरूले ब्रम्हपुत्र नदीमा हुने जलवायुसम्बन्धी परिवर्तनशीलताको दीर्घकालीन परिवर्तन प्रदान गर्छ। भविष्यमा जलस्रोतसँग सम्बन्धित जोखिमहरूको मूल्यांकन गर्न...

तीन महिनामा भित्रियो साढे ६४ करोडको झिलिमिली बत्ती

तिहारलाई लक्षित गर्दै चालु आर्थिक वर्ष २०८३÷८४ को पहिलो तीन महिनामा ६४ करोड ५२ लाख रुपैयाँ बराबरको झिलिमिली बत्ती आयात भएको छ। भन्सार विभागको तथ्यांकअनुसार असोजसम्म २८ लाख ५९ हजार थान झिलिमिली...

एसियामा इन्धनको मूल्य युद्धअघिको भन्दा दोब्बरले वृद्धि

काठमाडौँ: पश्चिम एसियामा जारी ऊर्जा संकटका कारण एसियाली मुलुकमा इन्धनको मूल्य युद्धअघिको तुलनामा दोब्बरभन्दा बढी पुगेको छ। कच्चा तेलको आपूर्तिमा देखिएको अवरोध क्रमशः प्रशोधन र ढुवानी प्रणालीसम्म...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना