२०८३ साउन १३ गते बुधबार

माओवादी स्थायी समिति बैठक : आज नेतृत्वमा प्रचण्डको विकल्प नखोज्नेले धारणा राखे

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, साउन २९
IMG-20240811-WA0051

काठमाडौँ- पछिल्लो राजनीति परिस्थितीलाई सही दिशामा अघि बढाउन र नेकपा (माओवादी केन्द्र) को गतिविधिलाई प्रभावकारी तुल्याउन अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा सङ्गठिन हुनुपर्नेमा जोड दिइएको छ।

माओवादी केन्द्रको स्थायी समितिको आजको बैठकमा आफ्ना धारणा राख्ने सबै सदस्यहरूले मुलुकको पछिल्लो राजनीतिक अवस्थालाई ख्याल गरेर पार्टी अध्यक्ष प्रचण्डको नेतृत्वमै एकताबद्ध आग्रह गरेका हुन्।

उनीहरूले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय घेराबन्दी तोड्नका लागि पनि पार्टी अध्यक्ष प्रचण्डले नै खास पहल लिनुपर्ने र उनको नेतृत्वको विकल्प तत्काल खोज्न नहुने धारणा राख्नुभएको पार्टी प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए।

पार्टी उपाध्यक्षसमेत रहेका प्रवक्ता सापकोटाका अनुसार पार्टी नेताहरूले आफ्ना धारणा राख्ने क्रममा सत्ता गठबन्धनले संविधान संशोधनका उठाएको सन्दर्भमा पार्टी अध्यक्षलाई थप बलियो बनाउनुपर्नेमा विकल्प खोज्ने विषय उठाउनु गलत हुने बताएका थिए।

बैठकमा खासगरी, उच्चस्तरीय जनवादको अभ्यास भएको र सोही आधारमा उच्चस्तरको केन्द्रीकरण पैदा भएको जानकारी दिँदै प्रवक्ता सापकोटाले पार्टीको राजनीतिक गतिविधिलाई थप प्रभावकारी बनाएर लानुपर्नेमा नेताहरूले जोड दिएको बताए।

यस्तै विचारको विकासमा जोड दिनुपर्ने, नवप्रवर्तनमा जोड दिनुपर्ने एवं आन्तरिक एकतालाई जोड दिँदै अगाडि बढ्नुपर्नेमा नेताहरूको साझा मत रहेको थियो। त्यस्तै पार्टी कार्यकर्ताको व्यवस्थापन, आत्मनिर्भर अर्थतन्त्रको विकास गर्नुपर्नेलगायत विषयमा खास नीति तथा योजना तयार गरेर कार्यान्वयन गर्नुपर्ने स्थायी समिति सदस्यको धारणा थियो।

अध्यक्ष दाहालले स्थायी समिति सदस्यको धारणा समेटेर एउटा प्रस्ताव तयार पार्ने र केन्द्रीय समिति बैठकमा पेस गर्ने तयारी गरेका छन्। केन्द्रीय समितिको बैठकलगत्तै स्पष्ट कार्ययोजनाका साथ माओवादीले सङ्गठन सुदृढीकरण र जनपरिचालन गर्ने तयारी गरिएको छ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज बसेको बैठकमा ११ जना स्थायी समिति सदस्यले धारणा राखेका थिए। स्थायी समिति सदस्यको धारणा राख्नेक्रम सकिएपछि आवश्यक तयारी गरेर बिहीबार अध्यक्ष दाहालले जवाफ दिने कार्यसूची तय भएको प्रवक्ता सापकोटाले जानकारी दिए।

आजको बैठकमा महासचिव देवप्रसाद गुरुङ, उपमहासचिव हरिबोल गजुरेल नेताहरू कुवेर ओली, सत्य पहाडी, खगराज भट्ट, डिलाराम आचार्य, विश्वनाथ साह, श्रीराम ढकाल, गिरिराजमणि पोखरेल, लीलामणि पोखरेल, नन्दकुमार प्रसाईंले मुलुकको पछिल्लो राजनीतिक अवस्था, पार्टीले अगाल्नुपर्ने नीति तथा कार्यक्रम, साङ्गठनिक विषयमा आफ्नो धारणा राखेका थिए।

प्रकाशित: २०८१ साउन २९ गते मङ्गलबार ०७:०७
प्रतिक्रिया

थप समाचार

सुनसरीमा भएको घटनाका सम्बन्धमा छानबिन गर्न गठित समितिमा दुई सदस्य थप

काठमाडौँ: सरकारले सुनसरीमा भएको घटनाका सम्बन्धमा छानबिन गर्न गठित समितिमा दुई सदस्य थप गरेको छ। गृह मन्त्रालयले आज सचिवस्तरीय निर्णय गर्दै समितिमा ब्यालिस्टिक र फरेन्सिक हेर्ने गरी प्रहरी...

९ वटा विधेयक संसद्‌मा पेस गर्न स्वीकृति दिने मन्त्रिपरिषद्को निर्णय, कुन–कुन?

काठमाडौँ: सरकारले ९ वटा विधेयक सङ्घीय संसद् समक्ष पेश गर्न स्वीकृति दिने निर्णय गरेको छ। सिंहदरबारमा बुधबार बसेको मन्त्रिपरिषद् बैठकले संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक, सेवाको...

नेपाल टेलिकमका सबै टावरमा विद्युत् सेवा पुर्‍याउन सञ्चारमन्त्रीको निर्देशन

काठमाडौँ: सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले नेपाल टेलिकमको सेवा पहुँच र गुणस्तर सुधारका लागि देखिएका समस्या तत्काल समाधान गर्न र सम्भव भएसम्म टेलिकमका सबै टावरमा भरपर्दो विद्युत्...

मन्त्री श्रेष्ठले गरे दुई विभागको नेतृत्व हेरफेर, विद्युत्‌मा गौतम र सिँचाइमा डा. श्रेष्ठ

काठमाडौँः ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले विद्युत् विकास विभाग र सिँचाइ विभागको नेतृत्व परिवर्तन गरेको छ। मन्त्री विराजभक्त श्रेष्ठले मन्त्रिस्तरीय निर्णय गर्दै दुवै विभागमा नयाँ...

सर्वदलीय बैठकको सातबुँदे वक्तव्यः अफवाह नफैलाउन र शान्ति कायम राख्न आग्रह

काठमाडौँ: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा मंगलबार बसेको सर्वदलीय बैठकले सुनसरीसहित विभिन्न जिल्लामा हालै विकसित संवेदनशील घटनाक्रमप्रति गम्भीर चासो...
rameshowre
उद्योग

सिमरामा २ अर्ब लगानीमा पाँचतारे होटल ‘अन्नपूर्ण भिस्टा’ बनाउँदै क्याप्टेन रामेश्वर थापा

होटलको हालसम्म १३ प्रतिशत वित्तीय प्रगति भएको छ। कूल लगानीमा एक अर्ब ५४ करोड रुपैयाँ बैंकको ऋण रहेको छ। यसमध्ये ९८ करोड रुपैयाँ लगानी व्यवस्थापन भइसकेको अन्नपूर्ण भिस्टाले जनाएको छ।
Gautam-Adani
विदेश

उडानको तयारीमा डलर अर्बपति अदानीः धेरै एयरलाइन्स असफल भएको भारतमा चम्किलान्?

अदानीका लागि सफलताको अर्थ सुरुमा बहालवाला दुई कम्पनीहरूलाई प्रत्यक्ष चुनौती दिनुको सट्टा एक विश्वसनीय तेस्रो शक्ति बन्नु हुन सक्छ। सीमित कम्पनीहरूको वर्चस्व रहेको यस उद्योगमा सुरुवाती वर्षहरूमा...
surya_nepal
उद्योग

बहुराष्ट्रिय कम्पनी सूर्य नेपालको चुरोट व्यापार बढ्दो, एक वर्षमा साढे ३२ अर्बको कारोबार

सूर्य नेपालले सेयरधनीलाई आकर्षक लाभांश दिँदै आएको छ। यद्यपि, पछिल्ला तीन वर्षदेखि सूर्य नेपालले लाभांश सार्वजनिक गरेको छैन्। सन् २०२२ मा सूर्य नेपालले १० अर्ब ४३ करोड ३० लाख रुपैयाँ लाभांश...
bab_al
विदेश

मध्यपूर्वमा सैन्य तनावले तेल बजार प्रभावित, विश्व अर्थतन्त्र जोखिममा पर्ने चेतावनी

अन्तरर्राष्ट्रिय बेन्चमार्क मानिने ब्रेन्ट क्रुडको मूल्य कारोबारका क्रममा केही समय प्रतिब्यारेल ९५ डलरभन्दा माथि पुगे पनि पछि केही घटेको थियो।
elon_musk
प्रविधि

अबको १० वर्षमा पैसाको कुनै महत्त्व रहन्न: एलन मस्क

–सन् २०३६ मा पैसाको कुनै महत्त्व हुनेछैन। यो भनाइ हो विश्वकै सबैभन्दा धनी व्यक्तिमध्येका एक एलन मस्कको। उनले हालै 'द इकोनोमिस्ट'को पोडकास्टमा यस्तो बताएका हुन्। ज्यानी मिन्टन बेडोजसँगको पोडकास्टमा...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: news@nepalclicks.com

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : business@nepalclicks.com
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना