२०८३ साउन १३ गते बुधबार

स्थानीय तहमा महिला सहभागितालाई वृद्धि गर्नुपर्छ : पूर्वमन्त्री गुरुङ

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, साउन २९
sita-gurung_20211208033358_8jDKY1sEgT
पाटन (ललितपुर)– नेपाली कांग्रेस केन्द्रीय सदस्य तथा पूर्वसहरी विकासमन्त्री सीता गुरुङले स्थानीय तहमा महिला सहभागितालाई वृद्धि हुनुपर्ने धारणा व्यक्त गरेकी छिन्।
‘एनसी वुमन लिडरसिप फोरम’ द्वारा आज ललितपुरमा आयोजित निर्वाचन प्रणालीमा महिलाको समान सहभागिताः वर्तमान सवाल र महिला प्रतिनिधित्वको सुनिश्चितता’ विषयक वाग्मती प्रदेशस्तरीय एकदिने प्रशिक्षण कार्यक्रममा मन्तव्य राख्दै पूर्वमन्त्री गुरुङले सङ्घीय तहमा मात्रै महिलाको प्रतिनिधित्व हुँदा त्यसले साथर्कता पाउन नसकेको भन्दै स्थानीय तहको नेतृत्वमा निर्वाचित हुने महिलाको सङ्ख्या वृद्धि गर्नुपर्ने बताइन्।
“महिलालाई राजनीतिमा स्थापित गर्दै निर्वाचन प्रणालीमा महिलाको समान सहभागिताका लागि पाँच ‘स’ अर्थात् समानता, सहभागिता, समाजिक सुरक्षा, सामाजिक न्याय र  सशक्तीकरण आवश्यक छ, स्थानीय तहमा महिलाको प्रतिनिधित्व नहुँदासम्म सङ्घीय तहमा मात्रै भएर केही पनि हुँदैन, आन्दोलनमा महिलाको नेतृत्व आवश्यकता हुने र आन्दोलनपछि महिलालाई विर्सने पद्धतिले पछाडि पारिरहेको छ, हामी अब निगाहको राजनीतिबाट मुक्त हुनुपर्छ, महिलाले नै महिला नेतृत्वलाई स्वीकार गर्ने वातावरण बन्नुपर्छ”, पूर्वमन्त्री गुरुङले भनिन्।
उनले संविधान, निर्वाचन ऐन र पार्टीको विधानमा उल्लेख भएका उपलब्धिलाई कार्यान्वयन गराउन महिला एकजुट भएर ध्यान दिनुपर्नेमा जोड दिइन्।
“हामीले लैङ्गिक कारणले सृजित विभेद अन्त्यका लागि आवाज उठाउनुपर्छ, स्रोतको अवसर र पहुँचमा ध्यान दिनुपर्छ, बहिस्करणमा पारिएको पक्षलाई मूलधारमा ल्याउन ध्यान दिनुपर्छ”, उनले भनिन्।  यसका लागि पार्टीभित्र, संवैधानिक निकाय, राजनीतिक तहमा छुट्टाछुट्टै तरिकाले दबाब दिन आवश्यक रहेको उनको भनाइ थियो।
न्यायिक क्षेत्रमा, संवैधानिक आयोगहरु, सामाजिक सङ्घसंस्थाहरु, निजामती कर्मचारी प्रशासन क्षेत्रभित्र पनि महिलाको प्रतिनिधित्वको अवस्थालाई पनि ध्यान दिनुपर्नेमा उनले जोड दिइन्।
उनले नेपाली कांग्रेसभित्र चार तहमा संसदीय बोर्ड रहेको र त्यहाँ पनि महिलाको सहभागिता बढाउन आवश्यक रहेको बताइन्। उनले महिला मन्त्रालय, महिला आयोगलगायत महिलाका लागि कानुन बनेपछि महिला केन्द्रित बजेट र कार्यक्रम बन्न सकेको अवस्था नरहेको धारणा राखिन्।
कांग्रेस केन्द्रीय सदस्य नानु बाँस्तोलाले पार्टीले पाँच लाख क्रियाशील सदस्यता थप्ने नीति लिएको जानकारी गराउँदै त्यसमा महिलाको सङ्ख्या वृद्धिका लागि लाग्नुपर्ने बताइन्।
“पार्टीको १३औँ महाधिवेशनमा १४ प्रतिशत र १४औँ महाधिवेशनमा २५ प्रतिशत क्रियाशील सदस्य हुनुहुन्थ्यो, अब पाँच लाख नयाँ क्रियाशील बढाउने लक्ष्य हुँदा हामीले ५० प्रतिशतको हाराहारीमा क्रियाशील सदस्यता लिने महिला पु¥याउन लाग्नु आवश्यक छ, महिलालाई नेतृत्वमा पु¥याउन सबै एकजुट हुनुपर्ने आवश्यकता छ”, उनले भनिन्।
ललितपुर महानगर पूर्वउपप्रमुख एवं नेपाली कांग्रेसको महासमिति सदस्य गीता सत्यालले महिलाको राजनीतिकस्तर अभिवृद्धि गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा पहिचान स्थापित गर्नसक्ने महिला नेतृत्व निर्णायक तहमा स्थापित गर्न यो प्रशिक्षण महत्वपूर्ण हुने बताइन्।
उनले संविधानमा राज्यको हरेक क्षेत्रमा महिलाको ३३ प्रतिशत प्रतिनिधित्व सुनिश्चित भनिए पनि प्रतिनिधिसभा र प्रदेशसभामा नौ प्रतिशत महिलाले मात्रै प्रत्यक्ष निर्वाचनमा उम्मेदवारी दिने अवसर पाएको भन्दै यसमा राजनीतिक दल चुकेको धारणा राखिन्।
उनले देशका ७५३ स्थानीय तहमध्ये २५ जना मात्रै प्रमुख निर्वाचित हुन सफल भएको भन्दै आगामी दिनमा स्थानीय तहमा महिलाको प्रतिनिधित्व बढाउनुपर्ने बताए।
नेपाली कांग्रेस ललितपुरका सभापति जीतेन्द्रकुमार श्रेष्ठले महिला सक्रिय भएको स्थानमा राजनीतिक सफलता हासिल हुने भन्दै आगामी दिनमा ५० प्रतिशत सुनिश्चितता लागि एकजुट भएर लाग्न आग्रह गरे। उनले नेपाली कांग्रेसले विधान संशोधन गरेर १५औँ महाधिवेशनमा उपसभापतिलगायतका पदाधिकारीको व्यवस्था गर्नुपर्ने बताए।
जिल्ला समन्वय समिति ललितपुरका प्रमुख ऋषिदेव फुयाँलले आसन, भाषण र शासनमा महिलाको उपस्थिति बढाउन आवश्यक रहेको बताए।
प्रकाशित: २०८१ साउन २९ गते मङ्गलबार ०७:४२
प्रतिक्रिया

थप समाचार

सुनसरीमा भएको घटनाका सम्बन्धमा छानबिन गर्न गठित समितिमा दुई सदस्य थप

काठमाडौँ: सरकारले सुनसरीमा भएको घटनाका सम्बन्धमा छानबिन गर्न गठित समितिमा दुई सदस्य थप गरेको छ। गृह मन्त्रालयले आज सचिवस्तरीय निर्णय गर्दै समितिमा ब्यालिस्टिक र फरेन्सिक हेर्ने गरी प्रहरी...

९ वटा विधेयक संसद्‌मा पेस गर्न स्वीकृति दिने मन्त्रिपरिषद्को निर्णय, कुन–कुन?

काठमाडौँ: सरकारले ९ वटा विधेयक सङ्घीय संसद् समक्ष पेश गर्न स्वीकृति दिने निर्णय गरेको छ। सिंहदरबारमा बुधबार बसेको मन्त्रिपरिषद् बैठकले संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक, सेवाको...

नेपाल टेलिकमका सबै टावरमा विद्युत् सेवा पुर्‍याउन सञ्चारमन्त्रीको निर्देशन

काठमाडौँ: सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले नेपाल टेलिकमको सेवा पहुँच र गुणस्तर सुधारका लागि देखिएका समस्या तत्काल समाधान गर्न र सम्भव भएसम्म टेलिकमका सबै टावरमा भरपर्दो विद्युत्...

मन्त्री श्रेष्ठले गरे दुई विभागको नेतृत्व हेरफेर, विद्युत्‌मा गौतम र सिँचाइमा डा. श्रेष्ठ

काठमाडौँः ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले विद्युत् विकास विभाग र सिँचाइ विभागको नेतृत्व परिवर्तन गरेको छ। मन्त्री विराजभक्त श्रेष्ठले मन्त्रिस्तरीय निर्णय गर्दै दुवै विभागमा नयाँ...

सर्वदलीय बैठकको सातबुँदे वक्तव्यः अफवाह नफैलाउन र शान्ति कायम राख्न आग्रह

काठमाडौँ: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा मंगलबार बसेको सर्वदलीय बैठकले सुनसरीसहित विभिन्न जिल्लामा हालै विकसित संवेदनशील घटनाक्रमप्रति गम्भीर चासो...
rameshowre
उद्योग

सिमरामा २ अर्ब लगानीमा पाँचतारे होटल ‘अन्नपूर्ण भिस्टा’ बनाउँदै क्याप्टेन रामेश्वर थापा

होटलको हालसम्म १३ प्रतिशत वित्तीय प्रगति भएको छ। कूल लगानीमा एक अर्ब ५४ करोड रुपैयाँ बैंकको ऋण रहेको छ। यसमध्ये ९८ करोड रुपैयाँ लगानी व्यवस्थापन भइसकेको अन्नपूर्ण भिस्टाले जनाएको छ।
Gautam-Adani
विदेश

उडानको तयारीमा डलर अर्बपति अदानीः धेरै एयरलाइन्स असफल भएको भारतमा चम्किलान्?

अदानीका लागि सफलताको अर्थ सुरुमा बहालवाला दुई कम्पनीहरूलाई प्रत्यक्ष चुनौती दिनुको सट्टा एक विश्वसनीय तेस्रो शक्ति बन्नु हुन सक्छ। सीमित कम्पनीहरूको वर्चस्व रहेको यस उद्योगमा सुरुवाती वर्षहरूमा...
surya_nepal
उद्योग

बहुराष्ट्रिय कम्पनी सूर्य नेपालको चुरोट व्यापार बढ्दो, एक वर्षमा साढे ३२ अर्बको कारोबार

सूर्य नेपालले सेयरधनीलाई आकर्षक लाभांश दिँदै आएको छ। यद्यपि, पछिल्ला तीन वर्षदेखि सूर्य नेपालले लाभांश सार्वजनिक गरेको छैन्। सन् २०२२ मा सूर्य नेपालले १० अर्ब ४३ करोड ३० लाख रुपैयाँ लाभांश...
bab_al
विदेश

मध्यपूर्वमा सैन्य तनावले तेल बजार प्रभावित, विश्व अर्थतन्त्र जोखिममा पर्ने चेतावनी

अन्तरर्राष्ट्रिय बेन्चमार्क मानिने ब्रेन्ट क्रुडको मूल्य कारोबारका क्रममा केही समय प्रतिब्यारेल ९५ डलरभन्दा माथि पुगे पनि पछि केही घटेको थियो।
elon_musk
प्रविधि

अबको १० वर्षमा पैसाको कुनै महत्त्व रहन्न: एलन मस्क

–सन् २०३६ मा पैसाको कुनै महत्त्व हुनेछैन। यो भनाइ हो विश्वकै सबैभन्दा धनी व्यक्तिमध्येका एक एलन मस्कको। उनले हालै 'द इकोनोमिस्ट'को पोडकास्टमा यस्तो बताएका हुन्। ज्यानी मिन्टन बेडोजसँगको पोडकास्टमा...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: news@nepalclicks.com

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : business@nepalclicks.com
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना