२०८३ कार्तिक १७ गते सोमबार

जवाफदेहिता निगरानीले भन्यो- टीआरसी विधेयकमा पीडितको अधिकार सुनिश्चित भएन

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, साउन ३१
trc

काठमाडौँ- जवाफदेहिता निगरानी समूहले संक्रमणकालीन न्यायसम्बन्धी दुई विधेयक पारित गर्ने क्रममा प्रतिनिधिसभाले पीडितको न्याय र परिपूरणको अधिकार सुनिश्चित गर्ने अवसर गुमाएको भन्दै खेद प्रकट गरेको छ।

पीडितहरुको पक्षमा ठोस कानूनी आधार सिर्जना गर्ने ऐतिहासिक अवसर गुमेको भन्दै उसले आपत्ति जनाएको जवाफदेहिता निगरानी समूहका संयोजक राजु चापागाइकोतर्फबाट जारी विज्ञप्तिमा उल्लेख छ।

परिपूरणको कानूनी पाटोमा केही सुधार गरिएको भए पनि पीडितको न्यायको अधिकारलाई कुण्ठित पार्ने गम्भीर त्रुटिहरू यथावत रहेको भन्दै समूहले बुधबार प्रतिनिधिसभाबाट पारित भएको हो।

समूहमा राजन कुइँकेल, रुक्मनी महर्जन, चरण प्रसाई, डा. गौरीशंकर लालदास, डा. मन्दिरा शर्मा, डा. गोपालकृष्ण सिवाकोटी, दिनेश त्रिपाठी, सुमन अधिकारी, देवी सुनुवार, ओमप्रकाश अर्याल, विकास बस्नेत, अनिता थपलिया, भक्त विश्वकर्मालगायत छन्।

उसले मानवअधिकार उल्लंघन र गम्भीर उल्लंघनको परिभाषा र वर्गीकरण अन्तराष्ट्रिय मानव अधिकार र मानवीय कानून अनुकुल नभएको आरोप समेत लगाएको छ। गम्भीर मानव अधिकार उल्लंघनका घटनाका पीडकलाई ७५ प्रतिशतसम्म सजायमा ‘गैरन्यायिक कटौती’ गरिएको भन्दै त्यसलाई पश्चगामी भनेको छ।

जवाफदेहिता निगरानी समूहले कसूरको गम्भीरताका आधारमा दण्डसजाय दिनुपर्ने सर्वोपरी मान्यतालाई प्रतिनिधिसभाबाट पारित संशोधन सम्बन्धी प्रतिवेदनले लत्याएको भन्दै विज्ञप्तिमा भनेको छ, ‘यसबाट गम्भीर अपराधमा क्षमादान, माफी वा फौजदारी जवाफदेहिताबाट उन्मुक्ति दिने कुनै पनि उपाय अस्वीकार्य हुने गरी सर्वोच्च अदालतबाट स्थापित नजिरहरू खण्डित भएका छन्।’

संकुचित हदम्याद, अनुसन्धानका क्रममा निलम्बित हुनु नपर्ने व्यवस्था लगायतले पीडकलाई फौजदारी जवाफदेहिताबाट उन्मुक्ति दिने जोखिम रहेको भन्दै उसले पीडकलाई दण्डित बनाउने विषय द्वन्द्वपिडित मात्रै नभएर सिंगो समाजको सरोकार हुनुपर्ने औल्याएको हो।

आगामी पुस्ताले विगतमा जस्तो द्वन्द्वको ज्यादती भोग्न नपरोस् भन्नका लागि दण्डको भय सिर्जना गर्नु जरूरी रहेको भन्दै दण्डहीनताको अन्त्य गर्ने कानून बनाउन नसक्नुलाई भावी पुस्ताप्रतिको अन्याय भनी टिप्पणी गरेको छ।

उसले कानूनका गम्भीर त्रुटिलाई सम्बोधन गर्नुपर्ने भन्दै संक्रमणकालीन न्यायको प्रक्रियामाथि निगरानीका लागि संयुक्त राष्ट्रसंघ लगायतका निकायहरुको पनि ध्यानाकर्षण गराएको छ।

प्रकाशित: २०८१ साउन ३१ गते बिहिबार ०७:३२
प्रतिक्रिया

थप समाचार

भारतमा बिजुलीको माग २१.८८ प्रतिशत बढ्यो

नयाँ दिल्ली। औद्योगिक तथा व्यवसायिक गतिविधि विस्तारसँगै भारतमा विद्युत खपत बढ्दै गएको छ। बिजुलीको माग २१.८८ प्रतिशत बढेर १ खर्ब ५९ अर्ब ७६ करोड युनिट पुगेको छ। वृद्धिको मुख्य कारण चाडपर्वको...

नेप्सेमा करेक्सन जारी, कारोबार रकम पनि घट्यो

काठमाडौँः साताको पहिलो कारोबार दिन सोमबार नेप्से परिसूचक घटेर बन्द भएको छ। अघिल्लो कारोबार दिन शुक्रबारदेखि सुरु भएको बजारको करेक्सनले आइतबार पनि निरन्तरता पाएको हो। नेप्सेसँगै यस दिन कारोबार...

दशैँमा किन चलेनन् नेपाली फिल्म? सिक्वेलले पनि तानेनन् दर्शक

दशैँको बिदा र चर्चित फिल्मका सिक्वेलले समेत दर्शकलाई हलसम्म किन तान्न सकेनन्?

प्रधानन्यायाधीश र न्यायाधीशको इनम ‘कनेक्सन’: सर्वोच्चको पूर्ण बैठकले के निर्णय गर्‍यो?

काठमाडौँ: सर्वोच्च अदालतका प्रधानन्यायाधीश र न्यायाधीशहरूसहितको पूर्ण बैठक सम्पन्न भएको छ। बैठकले ५ वटा निर्णय गरेको छ। प्रधानन्यायाधीश डा मनोजकुमार शर्मा र न्यायाधीश हरिप्रसाद फुँयालमाथि...

ब्रम्हपुत्रमा बन्दै गरेको विश्वकै ठूलो जलविद्युत बाँधले बाढीको जोखिम बढ्ने वैज्ञानिकको चेतावनी

अनुसन्धान टोलीले भनेको छ ‘यी नतिजाहरूले ब्रम्हपुत्र नदीमा हुने जलवायुसम्बन्धी परिवर्तनशीलताको दीर्घकालीन परिवर्तन प्रदान गर्छ। भविष्यमा जलस्रोतसँग सम्बन्धित जोखिमहरूको मूल्यांकन गर्न...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना