काठमाडौँ- परराष्ट्र मन्त्री आरजु राणा देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी वीचमा सोमवार भेटवार्ता हुने भएको छ।
सोमबार साँझ भेटका लागि समय तय भएको भारतस्थित नेपाली दूतावास स्रोतले जानकारी गराएको हो।
भेटमा नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट मोदीलाई नेपाल भ्रमणको निम्तो दिने बताइएको छ।
आइतबार बिहान साढे ११ बजे मन्त्री देउवा नयाँदिल्ली प्रस्थान गरेकी राणाले सोमबार बिहान भारतीय विदेशमन्त्री जयशंकरलाई भेट्ने छिन्।
विदेशमन्त्री जयशंकरसँग दुईपक्षीय हित र नेपाल-भारत सम्बन्धका विविध पक्षमा कुराकानी हुने मन्त्रालयको भनाइ छ।
आरजूले प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणको तयारीबारे छलफल गर्ने र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल भ्रमण गराउन पहल पनि गर्ने उनको सचिवालयको दाबी छ।
भ्रमणकै क्रममा राणाले आफ्नो स्वास्थ्य परिक्षण पनि गर्ने छिन्। आरजू भदौ ६ गते स्वदेश फर्किने कार्यक्रम छ।
चारदिने भ्रमणका लागि परराष्ट्रमन्त्री आइतबार दिल्ली प्रस्थान गरेकी छन्।
राणाले भ्रमणका क्रममा स्वास्थ्य उपचार पनि गराउने छिन्।
