काठमाडौँ– संक्रणकालीन न्यायसम्बन्धी विधेयक (टीआरसी) संघीय संसद्को माथिल्लो सदन राष्ट्रियसभाबाट पनि पारित भएको छ।
बिहीबार बसेको राष्ट्रियसभाको बैठकले विधेयक पारित गरेको हो।
यसअघि प्रतिनिधि सभाबाट पनि विधेयक पारित भएको थियो।
लगत्तै माथिल्लो सदन राष्ट्रिय सभामा पेस भएको थियो।
दुवै सदनबाट पारित भएपछि अव राष्ट्रपतिबाट प्रमाणीकरण हुँदै लागू हुनेछ।


