काठमाडौँ- परराष्ट्रमन्त्री आरजु देउवा राणाले कांग्रेस र एमाले गठबन्धनको वर्तमान सरकारप्रति भारतको प्रतिक्रिया राम्रै रहेको ब्रिफिङ पार्टीमा गरेकी छन्।
भारत भ्रमण पुरा गरेर बिहीबार मात्र स्वदेश फर्किएकी उनले शुक्रबार पार्टीको बैठकमा पुगेर यस्तो बताएकी हुन्।
‘लक्किली मोदीजीसँग पनि भेट भयो,’ उनले भनिन्, ‘दुइटा ठूला पार्टी मिलेर बनेको सरकारप्रति उहाँहरुको रेस्पोन्स राम्रो भएको यहाँ (कांग्रेस केन्द्रीय समिति बैठकमा) अवगत गराउन चाहन्छु।’
भारतीय अधिकारीहरुसँग पञ्चेश्वर, महाकाली नदीको पुललगायतका विषयमा कुराकानी भएको उनले पार्टीलाई जानकारी गराइन्।
आफ्नो भ्रमणका कारण डुबान समस्याबारे अध्ययन गर्ने संयुक्त बैठक बस्ने खबर शुक्रबारै मात्र आएको सुनाइन्।
नेपाल भ्रमणमा रहेका चिनियाँ मन्त्रीसँग शुक्रबार भेट भएको पनि उनले जानकारी गराएकी थिइन्।
‘बीआरआईको मोडालिटीबारे कुरा गर्न खोज्नु भएको रहेछ, मैले हाम्रो पार्टीको यस्तोयस्तो छ। हामीले पास गरेर दिइसकेका छौं। मोडलिटी के हुनसक्छ भन्छौं भनेको छु,’ परराष्ट्रमन्त्री देउवाले केन्द्रीय कार्यसमिति बैठकमा भनिन्।


