२०८३ कार्तिक २१ गते शुक्रबार

ओमानी विदेशमन्त्रीले कोसँग के कुरा गरे?

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, भदौ ११
mofa
परराष्ट्रमन्त्री डा आरजु राणासँग नेपालको दुई दिने औपचारिक भ्रमणमा रहनुभएका ओमानका विदेशमन्त्री सय्यद बद्र बिन हमाद बिन हमूद अल्बुसैदी मङ्गलबार मन्त्रालयमा भेट गर्दै । तस्बिरः नवीन पौडेल/रासस

काठमाडौँ– दुईदिने नेपाल भ्रमण आएका ओमानका विदेशमन्त्री सैयद बद्र बिन हमाद बिन हमुद अल्बुसइदी मंगलबारै स्वदेश फर्कँदै छन्।

दुई मुलुकबीचको कूटनीतिक सम्बन्ध स्थापना भएपछि पहिलो पटक ओमानबाट विदेशमन्त्रीकै तहमा नेपालको भ्रमण भएको हो। परराष्ट्रमन्त्री आरजू राणा देउवाको निमन्त्रणमा नेपाल भ्रमणमा आएका विदेशमन्त्री अल्बुसइदीले राणाका साथै प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति रामचन्द्र पौडेलसँग पनि भेट गरेका छन्।

डा राणासँग भेट गरेपछि अल्बुसइदी ओली र पौडेलसँग भेटका लागि पुगेका थिए।

अल्बुसइदीले राष्ट्रपति भवन शीतलनिवासमा मंगलबार भेट गरे। भेटमा राष्ट्रपति पौडेलले नेपालले सन् २०२६ सम्ममा नेपाल अतिकम विकसित मुलुकको सूचीबाट स्तरोन्नति भएर सन् २०३० सम्म मध्यम आय भएको मुलुक बन्ने र सन् २०४५ सम्म शून्य कार्बन उत्सर्जनको लक्ष्य लिएको बताउँदै यसका लागि सहयोगको अपेक्षा व्यक्त गरेको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए।

नेपाल र ओमानको परराष्ट्र नीतिमा धेरै समानता रहेको उल्लेख गर्दै पौडेलले दुई देशबीच व्यापार, पर्यटन र लगानीका क्षेत्रमा सहयोग अभिवृद्धि गर्ने राम्रो संभावना विद्यमान रहेको बताए। राष्ट्रपति पौडेलले ओमानमा काम गर्ने नेपालीहरूको संख्या बढ्दै गएको अवस्थामा काठमाडौमा ओमानको राजदूतावास स्थापना गर्दा दुवै देशका लागि उपयुक्त हुने उल्लेख गरे।

त्यस्तै उनले दुई देशबीचको प्रत्यक्ष हवाई सम्पर्कले व्यापार सहजीकरण, पर्यटन प्रवर्द्धन र जनस्तरमा सम्बन्ध बढाउनका लागि मद्धत मिल्ने औंल्याए।

सो भेटमा ओमनका विदेशमन्त्री सैयदले भ्रमणका क्रममा नेपाल सरकारसँग दुई पक्षीय सम्बन्धका विविध आयाममा छलफल भएको जानकारी गराउँदै ओमानले खुल्ला ह्दयले नेपालसँग सम्बन्धलाई थप सुमधुर बनाउन चाहेको बताएको सल्लाहकार पोखरेलले जानकारी दिए।

सैयदले नेपालमा ओमानको दूतावास खोल्ने र दुई देशबीच सिधा हवाई सम्पर्क स्थापित गर्ने सन्दर्भमा आफ्नो सरकार सकारात्मक रहेको उल्लेख गर्दै शान्त, सौम्य र कडा परिश्रम गर्ने ओमानमा रहेका नेपालीहरूले ओमानको विकासमा पु¥याएको योगदानको उच्च मूल्याङ्कन गरेको बताए।

यसअघि उनले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेका थिए। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शिष्टाचार भेट भएको थियो।

भेटका अवसरमा उहाँहरूबीच दुई पक्षीय हित र चासोका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ।

भेटका अवसरमा प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्रसचिव सेवा लम्साललगायतको उपस्थिति थियो।

प्रधानमन्त्री र राष्ट्रपतिसँग भेट गर्नुअघि विदेशमन्त्रीले परराष्ट्रमन्त्री डा आरजू राणा देउवासँग भेट गरेका थिए।

उनीहरूबीच भएको वार्तामा नेपाल र ओमानको द्विपक्षीय हित, सम्बन्ध विस्तार र साझा चासोका विविध विषयमा कुराकानी भएको मन्त्रालयले जनाएको छ।

वार्तामा नेपालले हवाई कनेक्टिभिटी, श्रमसमबन्धी विषय, लगानी, पर्यटन, कूटनीतिक आदानप्रदान एवं आवश्यक सबै प्रकारका सहयोग र समन्वयका विषयमा छलफल भएको थियो।

वार्तामा नेपाल तर्फबाट मन्त्री डा राणासहित परराष्ट्र सचिव सेवा लम्साल, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव गणेशप्रसाद पाण्डे, ओमानका लागि नेपाली राजदूत डोरनाथ अर्याललगायत अधिकारी र ओमानका विदेशमन्त्रीको नेतृत्वका ओमानी अधिकारीहरू सहभागी  थिए।

वार्तामा परराष्ट्रमन्त्री डा राणाले भैरहवा र पोखरा नेपालका अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई उडान सञ्चालनका लागि ओमानसँग आग्रह गरेकी थिइन्।

परराष्ट्रमन्त्री डा राणासँग ओमानका विदेशमन्त्री अल्बुसैदीको शिष्टाचार भेटवार्ता।

ओमानले पहिले पनि भैरहवामा हवाई उडान सुरु गरी केही समयपछि बन्द गरेको स्मरण गर्दै उनले हाल नेपाल सरकारले विदेशी एयरलाइन्सलाई थप सुविधा उपलब्ध गराउने निर्णय गरेकाले पुनः उडान सञ्चालनका लागि आग्रह गरिन्। यस विषयमा ओमानका विदेशमन्त्री अल बुसाइदीले पुनः विचार गर्ने बताएका थिए।

यसैगरी, नेपालले नेपाली श्रमिकको हक, हित तथा थप श्रम गन्तव्यबारे कुरा उठाएको थियो। नेपाल पक्षले ओमानको श्रम कानुन र अरू वातावरण राम्रो रहेकाले नेपाली श्रम बजारको राम्रो गन्तव्य हुन सक्ने भन्दै यस विषयमा कुरा उठाएको थियो।

ओमान पक्षले पनि नेपाली श्रमिकहरू काममा लगनशील र इमान्दार रहेकाले आफ्नो देशले आवश्यकताका आधारमा थप श्रमिक लैजाने जनाएको थियो। यस विषयमा दुई देशबीचमा श्रम सम्झौता गरी अगाडि बढ्ने सहमति भएको छ।

यस्तै, परराष्ट्रमन्त्री डा राणाले नेपालको प्राकृतिक सौन्दर्य, सगरमाथालगायत विश्वका आठ हजारभन्दा अग्ला हिमालहरू एवं विश्व सम्पदा सूचीमा सूचीकृत सम्पदाका कारण पनि नेपालको पर्यटकीय सम्भावना धेरै रहेको उल्लेख गरेका थिए।

ओमानी पर्यटकको नेपाल आगमनलगायत अन्य उनले सम्भावनाहरूमा संयुक्त रूपमा केही गर्न सकिने प्रस्तावका साथै  नेपालमा पर्यटनका क्षेत्रमा लगानी गर्न ओमानसँग आग्रह गरिन्।

‘नेपालमा जलविद्युत्लगायत कैयौँ क्षेत्रमा लगानीका धेरै सम्भावना रहेका छन्। त्यसैले नेपालमा लगानीका लागि विदेशमन्त्रीमार्फत ओमान सरकार र त्यहाँका लगानीकर्ताहरूलाई आग्रह गर्दछु,’ वार्तामा मन्त्री डा राणाले भनेकी थिइन्।

वार्तापछि पत्रकारहरूलाई सङ्क्षिप्त प्रतिक्रिया दिँदै मन्त्री डा राणाले नेपाल र ओमानबीचको सम्बन्धलाई थप प्रगाढ बनाउने विषयमा कुराकानी भएको बताइन्। उनले दुई देशबीच श्रम, स्वास्थ्य, पर्यटन र परराष्ट्र मामिलाका सम्बन्धमा छिट्टै सम्झौताको तयारी भएको पनि जानकारी दि‌इन्।

नेपालमा पर्यटनका प्राथमिक क्षेत्रमा लगानी गर्न ओमान इच्छुक रहेको पनि मन्त्री डा राणाले जानकारी दिएको थिइन्।

ओमान नेपालीहरूको वैदेशिक रोजगारीका लागि पश्चिम-एसियाको महत्त्वपूर्ण मुलुक हो। ओमानमा अहिले करिब २४ हजार नेपाली श्रमिक छन्।

प्रकाशित: २०८१ भदौ ११ गते मङ्गलबार ०६:०३
प्रतिक्रिया

थप समाचार

केटिएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।

तिहारमा पाँच लाख पाला बजारमा पठाइँदै, माटो अभावले उत्पादनमा चुनौती

काठमाडौँः तिहारमा माटोका पालाको माग बढेसँगै भक्तपुरका कुमाले समुदायलाई उत्पादन र बिक्रीको चटारो छ । गत वर्षको तुलनामा यस वर्ष माटोका पाला बढी बजारमा पठाइएको व्यवसायीले बताएका छन् । तर, मागअनुसार...

नेप्से सुधारमा नयाँ सीईओको योजना, इन्ट्राडे र सर्ट सेलिङ कारोबारको अध्ययन गरिने

काठमाडौँः नेपाल स्टक एक्सचेन्ज (नेप्से) का नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रताप सुवेदीले पुँजी बजार सुधार र लगानीकर्ताको विश्वास अभिवृद्धिलाई प्राथमिकतामा राख्दै विभिन्न योजना...

विपद्पछिको पुनर्निर्माणका लागि ४ देखि ५ अर्ब डलर आवश्यक पर्ने देखिन्छ: अर्थमन्त्री

अर्थमन्त्री स्वर्णिम वाग्लेले भोटेकोशी–त्रिशूली क्षेत्रमा आएको विपद्पछिको उद्धार, राहत, पुनरुत्थान तथा पुनर्निर्माणका लागि सरकारले आवश्यक स्रोतसाधनको व्यवस्था गर्ने बताएका छन्। हिमालमा...

तिहार अघि बढेर बन्द भयो नेप्से, कारोबार रकम भने घट्यो

काठमाडौँः हिन्दु धर्मावलम्बीहरूको दोस्रो ठूलो चाड तिहार अघिको कारोबारमा सेयर बजार सकारात्मक भएर बन्द भएको छ । अघिल्लो कारोबार दिन अर्थात् बिहीबार घटेर बन्द भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से)...
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
kalyan
ब्लग

नेपाल प्रहरी जनताको सेवक हुने कि जनताको त्रासदिमा रमाउने?

मुलुकको सुरक्षा, जनचेतना, सामाजिक न्याय र अमनचयनको विषयलाई समाजशास्त्रको दृष्टिबाट हेर्दा नेपाल प्रहरी केवल एक ‘कानुन कार्यान्वयन गर्ने निकाय’ मात्र नभई राज्यको राजनीतिक, आर्थिक र सांस्कृतिक...
rameshowre
उद्योग

केटिएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।
mof_building
आर्थिक नीति

सम्पादकीय: टालाटुलीले तंग्रिन्न अर्थतन्त्र, सरकारसँग ‘म्यासिभ इन्भेस्टमेन्ट प्लान’ खै?

अर्थतन्त्रलाई गति दिन व्यवसायीमा गुमेको विश्वासको वातावरण फर्काएर ल्याउन र लगानीले ठूलो धक्का (बिग पुस) दिनुपर्ने देखिएको छ। यसका लागि सरकारले अहिले नै वृहत लगानी योजना (म्यासिभ इन्भेस्टमेन्ट...
News 1 (1).psd (31)
विचार

प्रसारण र विद्युत व्यापार: निजी क्षेत्रको अग्निपरीक्षा

आशयपत्र प्राप्त गर्ने कम्पनीहरूले प्रत्येक तीन महिनामा प्रगति विवरण पेस गर्दै आफ्नो क्षमता प्रमाणित गर्नुपर्छ। बजार खोज्ने, व्यापारिक साझेदार बनाउने, लगानी जुटाउने र आवश्यक प्राविधिक तयारी...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना