काठमाडौँ– नेकपा एमालेका सांसद रघुजी पन्तले विश्वेश्वरप्रसाद कोइरालाको समाजवादलाई नेपाली कांग्रेसले पुनर्व्याख्या गर्नुपर्ने बताएका छन्। सोमबार प्रतिनिधि सभामा विशेष समयमा बोल्दै उनले यस्तो बताएका हुन्।
‘एउटा कुरा आज म साथीहरूलाई भन्छु– बिपी कोइरालाको समाजवादसम्बन्धी ब्याख्यालाई आजको सन्दर्भमा नयाँ ढंगले पढेर पुनर्व्याख्या गर्नुपर्ने आवश्यकता छ,’ उनले भने, ‘यसतर्फ नेपाली कांग्रेसका नेताहरूको ध्यानाकर्षण गर्दछु।’
नेपाली कांग्रेसका संस्थापक नेता विश्वेश्वरप्रसाद कोइरालाको आज १११ औं जन्मजयन्ती हो।


