काठमाडौँ- अमेरिकाका लागि प्रस्तावित राजदूत लोकदर्शन रेग्मीले अमेरिकी राष्ट्रपतिलाई नेपाल भ्रमण गराउन पहल गर्ने बताएका छन्।
संसदीय सुनुवाइ समितिमा राजदूत भएर गएपछि गर्ने कामका योजना सुनाउँदै अमेरिकी राष्ट्रपतिलाई नेपाल ल्याउन पहल गर्ने बताएका हुन्।
‘अमेरिकी राष्ट्रपतिबाट नेपाल भ्रमण गर्ने र हाम्रो संघीय संसदलाई सम्बोधन गर्ने कार्यक्रम आयोजना गर्न आवश्यक पहल गर्नेछु,’ उनले भने।
संसदीय समितिमा प्रस्तावित राजदूतहरूले प्रस्तुत गर्ने योजनाको कुनै विश्वसनीयता नहुने र प्रस्तुत गर्ने योजनाअनुसार काम पनि नहुने भन्दै सम्बन्धित क्षेत्रका अगुवाहरूले आलोचना गर्दै आएका छन्।


