काठमाडौँ- राष्ट्रिय सभाका दुई समितिमा सभापति निर्वाचित भएका छन्।
सोमबार राष्ट्रियसभाको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको सभापतिमा मायाप्रसाद शर्मा निर्वाचित भएका छन्। उनी माओवादी निकट सांसद हुन्।
त्यस्तै विधायन व्यवस्थापन समितिको सभापतिमा तुलसा दाहाल निर्वाचित भएकी छन्। दाहाल एमालेकी सांसद हुन्।
